पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

काठमाडौँ,१३ साउन- नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

काँग्रेसका सभापति गगनकुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रेष्ठका छोराले उहाँलाई दागबत्ती दिनुभएको थियो । नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुग्नुभएको थियो ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि काँग्रेसको पार्टी सानेपा काठमाडौँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । कांग्रेसको पार्टी कार्यालयमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू जानुभएको थियो ।

वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । स्व श्रेष्ठ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

स्व श्रेष्ठले यसअघि लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

काँग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँले पटक–पटक गरी करिब छ वर्ष जेल जीवन बिताउनुभएको थियो । स्व श्रेष्ठ यसअघि विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

स्व श्रेष्ठ यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

ताजा

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal