रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

राधिका पाैडेल

स्याङ्जा,२३ भदौ- सामुदायिक रेडियो स्याङ्जा एफएमले आफ्नो १८औँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। ‘विपद्मा रेडियो सूचना, समन्वय र जीवनरक्षाको माध्यम’ विषयक विपद् संवाद कार्यक्रमसहित वार्षिकोत्सव तथा साधारणसभा गरिएकाे हो।

कार्यक्रममा प्राकृतिक तथा मानवीय कारणबाट हुन सक्ने विपद्बाट जोगिन समयमै सचेतना फैलाउन र विपद्का समयमा सूचना तथा समन्वयको प्रभावकारी माध्यमका रूपमा रेडियोको भूमिका बढाउनुपर्नेमा जोड दिइएकाे थियाे। सहभागीहरूले विपद्का बेला सही सूचना प्रवाह, सम्बन्धित निकायबीच समन्वय र नागरिकको जीवनरक्षामा रेडियो संवाद कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए।

जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले रेडियोले आफ्नो विश्वसनीयता कायम राख्दै सत्य र तथ्यमा आधारित समाचार प्रसारण गर्नुपर्ने बताउनुभयाे। सदरमुकाममा स्थापित स्याङ्जा एफएमले राजनीतिक, सामाजिक, आर्थिकलगायत सबै प्रकृतिका समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सबैको भावना जितेर अघि बढ्न सुझाव दिनुभयाे।

रसुवाकाे भाेटेकनेशीमा हालै आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको बताउदै प्राकृतिक तथा मानवीय त्रुटिका कारण हुन सक्ने विपद्बाट जोगिन समयमै सचेत र सजग रहनुपर्ने समन्वय प्रमुख जिटीकाे भनाइ थियाे।

कार्यक्रममा समन्वय  उपप्रमुख खडगराज सुवेदी, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति वेदप्रसाद दोरंगा, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी र नेकपाका गण्डकी प्रदेश सदस्य नारायणप्रसाद लम्साल लगायतले आ-आफ्नाे भनाइ राख्नुभएकाे थियाे।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal