सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

स्याङ्जा,२७ भदाै- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ।

संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितका लागि सहयोग गरेको हो।

प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ एवं सुरक्षित जीवनयापनको कामना गरेको छ।

विपद्का कारण सम्पर्कविहीन तथा प्रभावित भएका नेपाली तथा विदेशी नागरिक, लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सम्बन्धित परिवारजनप्रति समेत संस्थाले सहानुभूति व्यक्त गरेको छ।

विनाशकारी विपद्बाट प्रभावितलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको सञ्चालक समिति, कर्मचारी तथा संस्थाको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ६५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेमेश आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal