पिसजोनद्वारा एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम
वालिङ,२२असार- वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले एसईईमा उत्र्तीण विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थीहरुलाई बधाई दिदै सम्मान गरेको हो ।

पिसजोनका संगित भुसालले बिहीबार सार्वजनीक भएको नतिजामा ४.० जीपीए ल्याएर उत्तीणर् हुन सफल भएकाछन् ।
एसईईको परीक्षामा सहभागि ४० जना विद्यार्थीहरु नै उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल भएका थिए ।

सम्मान तथा बधाई कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत) ले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थीका साथै विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो । शैक्षिक क्षेत्रमा पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै आगामी दिनमा पनि थप प्रगतिको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य सच्चिदानन्द यादव, बोल्दै वालिङ नगरपालिका वडा नम्बर ९ का वडा सदस्य रमता पराजुली, वडा न ९ का वडा सदस्य गंगा देवी पंगेनी, शिक्षक अभिभावक संघका अध्यक्ष टुकप्रसाद डुम्रे, अभिभावक शोभाखर भुसाल, सूर्यप्रसाद डुम्रे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुर्ला अविर र खादाले सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले विद्यार्थीहरुको नतिजा सार्वजनीक गर्दै विद्यालयको यो प्रगतिमा सबैको सहयोग महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा पनि राम्रो नतिजा ल्याउनका लागि मिहिनेत गर्ने बताउनुभयो । अभिभावक, विद्यार्थी, शिक्षकहरु लगायत सबैको कडा परिश्रमले विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।
विद्यालयका भाइस प्रिन्सिपल परन गैह्रेको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष सुदन श्रेष्ठको सभापतित्व र शिक्षक श्यामप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।


ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















