स्याङ्जामा साधु मृत फेला

वालिङ,२२ भदाै- स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलास्थित एक घरमा साधु मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) मृत फेला पर्नुभएकाे हाे।

उहाँ विगत २५ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी मन्दिरमा साधुको रूपमा बस्दै आउनुभएको थियो। साेमबार(आज) वालिङ नगरपालिका–१ खत्रीखोलाका कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा स्वामी मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगतै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमका लागि ग्रहाैँ प्राथमिक अस्पताल वालिङमा राखिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

प्रहरीका अनुसार मृतकले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ। आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया अघि बढाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal