स्याङ्जामा साधु मृत फेला
वालिङ,२२ भदाै- स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलास्थित एक घरमा साधु मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) मृत फेला पर्नुभएकाे हाे।
उहाँ विगत २५ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी मन्दिरमा साधुको रूपमा बस्दै आउनुभएको थियो। साेमबार(आज) वालिङ नगरपालिका–१ खत्रीखोलाका कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा स्वामी मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगतै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमका लागि ग्रहाैँ प्राथमिक अस्पताल वालिङमा राखिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।
प्रहरीका अनुसार मृतकले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ। आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया अघि बढाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















