चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
राधिका पाैडेल
स्याङ्जा,२७ भदाै- स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा सञ्चालित अमोर सेवा नेपाल बाल गृहकाे सामाजिक परीक्षण गरिएकाे छ।
अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहजीकरणमा बाल गृहको सामाजिक परीक्षण गरिएको हो।
सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै राप्रपा नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले बिभन्न चुनौतीका बीच साहस, धैर्यता र निरन्तरको मेहनतबाट बाल गृह सञ्चालन हुँदै आएको बताउनुभयाे।
अमोर सेवा नेपाल बाल गृहको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रममा बोल्दै गुरुङले स्याङ्जा जिल्लाको एक मात्र बाल गृहका रूपमा रहेको संस्थाले विभिन्न चुनौतीका बाबजुद पनि बालबालिकाको संरक्षण र हेरचाहा गर्दै आएकाेमा संस्थाकी अध्यक्ष कमला पराजुलीकाे प्रशंसा गर्दै आगामी दिनमा पनि आफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे।
कार्यक्रममा बाल गृहको सञ्चालन, व्यवस्थापन तथा संस्थाले गर्दै आएका विभिन्न गतिविधिबारे संस्थाकी अध्यक्ष पराजुलीले सरोकारवालालाई जानकारी गराउनुभएकाे थियो।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















