‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

प्रकाश सिलवाल

काठमाडौँ,१३ साउन- विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्रि….’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे ।

त्यहाँ कुनै शिक्षक वा विद्यार्थीको ‘वर्थ डे’ थिएन । न त कुनै शिक्षकको बढुवा भएको वा कुनै विद्यार्थीले पुरस्कार जितेको उत्सव नै थियो । विद्यालयमा गुरू पूर्णिमा विशेष कार्यक्रम सञ्चालित थियो ।

विद्यार्थीले प्रधानाध्यापक नारायणप्रसाद गौतमलाई खादा लगाइदिए । अनि गौतमसहित सबै शिक्षकलाई केक खुवाउन थाले । शिक्षकहरूलाई उनीहरुले सम्मान गरे । सांस्कृतिक कार्यक्रम पनि भयो ।

नियमित कक्षामा ‘बोर’ मान्ने विद्यार्थीहरू पनि आजको गुरू पूर्णिमाको सांस्कृतिक कार्यक्रममा सक्रिय र उत्साहपूर्वक सहभागी भए । उनीहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमै गुरूहरूका साथ रमाइलो वातारणमा थिए ।

सो विद्यालयका बाल क्लबको अध्यक्ष रहेकी कक्षा ९ की राममाया जैसीले रासससँग भन्नुभयो, “हामीले आफैँ व्यवस्थापन गरेर कार्यक्रम ग¥यौँ । नाचगान र रमाइलो भयो । गुरूहरुको सम्मान ग¥यौँ । केक पनि काटियो ।” केक काट्नु त नेपाली संस्कृति हो र ? भन्ने प्रश्नमा विद्यार्थी जैसीले समयअनुसार केकलाई पनि समेटिएको प्रतिक्रिया दिनुभयो ।

छ सय ५० विद्यार्थी र २६ शिक्षक रहेको रानीदेवी माविका प्रधानाध्यापक गौतमले विद्यार्थीको संयोजनमा सांस्कृतिक कार्यक्रमसहित गुरू पूर्णिमा मनाइएकामा खुसी व्यक्त गर्नुभयो ।

“पछिल्लो समय विद्यार्थीहरूमा गुरुहरुप्रति सम्मान गर्ने भावना बढेको हो कि भन्ने देखिएको छ । यो सकारात्मक पक्ष हो । संस्कारयुक्त शिक्षाको नाराका साथ विगत तीन वर्षदेखि जोड दिँदै आएकामा त्यसको सकारात्मक प्रभाव परेको छ । पहिला पहिलाका गुरू पूर्णिमामा भन्दा यस पटक विद्यार्थीको उपस्थिति राम्रो भयो । खर्च पनि उनीहरुले आफै उठाएर गरे । विद्यार्थी जागरुक भएका हुन् भन्ने अनुभूति भएको छ ।”

गुरु पूर्णिमाः गुरुप्रति सम्मानका साथै संस्कारको मौलिक पर्वका रुपमा लिइन्छ । गुरु पूर्णिमालाई विद्यालयमा केवल औपचारिक समारोहका रूपमा होइन, गुरु–शिष्य परम्पराको जीवन्त अभ्यासका रूपमा मनाउनुपर्नेमा पछिल्लो समय आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले तडकभडकपूर्ण कार्यक्रम पनि देखिने गरेको छ । गुरुप्रतिको सम्मान भनेको औपचारिकता मात्रै पनि होइन, अन्तरमनको सम्मान हो ।

वैदिक परम्पराअनुसार महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइने गुरु पूर्णिमाले ज्ञान, अनुशासन, संस्कार र चरित्र निर्माणको महत्वलाई स्थापित गर्दछ । गुरुबाट केवल विषयगत ज्ञान मात्र नभई जीवन जिउने कला, नैतिकता र जिम्मेवारी सिक्ने दिनका रूपमा यसको विशेष महत्व रहेको मानिन्छ ।

विद्यार्थीले आफ्ना शिक्षकप्रति सम्मान व्यक्त गर्दै विद्यालय परिसर सरसफाइ, पुस्तकालय व्यवस्थापन, वृक्षरोपण, अध्ययन–अभियान, नैतिक शिक्षा तथा सेवा–भावका गतिविधिमा सहभागी पनि गर्न सक्छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका वाल्मिकी विद्यापीठका उपप्राध्यापक खगेन्द्र नेपाल पुस्तान्तरणसँगै गुरु पूर्णिमाको ढाँचा परिवर्तन आएको स्वीकार गर्नुहुन्छ । सहरिया क्षेत्रमा गुरु पूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । आज गुरु पूर्णिमा मात्रै भएकाले यसलाई त्यहीरुपमा मनाइदिनुपर्छ भने हामीले आफ्नो ठाउँबाट वकालत गरिरहेको उपप्राध्यापक नेपालले बताउनुभयो । विश्व शिक्षक दिवस अक्टोबर ५ तारिखमा मनाइन्छ । परम्परागत रुपमा गुरु पूर्णिमा मनाउँदा श्लोक र कविताबाट आरम्भ गरेर वास्तविक रुपमा सम्मानभाव प्रकटसहित गुरु पूर्णिमा मनाउनुपर्ने उहाँको भनाइ छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष काशी दङ्गालले विभिन्न सन्दर्भमा सिकाउने गुरुहरुलाई श्रद्धा व्यक्त गर्ने, स्मरण गर्ने, राम्रा कुरालाई पछ्याउने दिनका रुपमा विद्यार्थी र शिक्षकले आजको दिनलाई मनाउनुपर्ने बताउनुभयो । सुनसरीको जनता मावि व्यवस्थापन समितिका अध्यक्ष दङ्गालले हाल आफ्नो जिल्लामा बन्द भएकाले गुरु पूर्णिममा मनाउन नपाइएको बताउनुभयो ।

मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीका प्रिन्सिपल विष्णुकुमार घिमिरेले गुरु पूर्णिमाको दिनले गुरु–शिष्य सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र महत्व सम्झाउने तथा परम्परागत रूपमा विद्यार्थीले गुरुबाट आशीर्वाद लिने, गुरुका अनुभव सुन्ने, आफूले सिकेका विषयप्रति आत्मसमीक्षा गर्ने तथा आगामी दिनमा अझ अनुशासित र जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गर्ने अभ्यासलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले त्यही भावका साथ आफ्ना विद्यार्थीहरुले आजको उत्सव मनाएको बताउनुभयो ।रासस

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal