लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), २६ भदौ- उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ ।
भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन् भने अन्य घरधुरीमा आंशिक र सामान्य क्षति पुगेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “चर्केर बस्नै नमिल्ने अवस्थाका घर धेरै छन् । थप विवरण सङ्कलन हुँदै छ । माटोका घरमा धेरै क्षति भएको छ ।”
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार हालसम्म ३५ घरधुरी तत्काल बस्न नमिल्ने अवस्थामा छन् । भूकम्पबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएकाले विस्थापितहरू छिमेकी र आफन्तको घरमा बसेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका पाँचवटै वडामा सामान्य, आंशिक र पूर्ण क्षतिको विवरण सङ्कलन गर्न स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधिसहितको टोली परिचालन गरिएको छ । हालसम्म भूकम्पबाट करिब दुई सय घरधुरी प्रत्यक्ष प्रभावित भएको गाउँपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ ।
गाउँपालिकाभित्रका अधिकांश कच्ची घरमा चिरा परेको देखिएको छ । सर्वसाधारणका घरदेखि विद्यालय, गुम्बालगायत सामुदायिक भवनसमेत चर्किएको अवस्थामा रहेकाले प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
बेलाबेलामा भूकम्पको धक्का महसुस भइरहेकाले स्थानीय त्रसित छन् । दिउँसो घरायसी काम गर्नेहरू राति खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमन्थाङबाहेक अन्य गाउँपालिकामा क्षति नभएकाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी प्रहरी टोली खटाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । माटोका घर चर्किएको अवस्थामा रहेकाले सुरक्षित नभएका घरमा नबस्न प्रहरीले अनुरोध गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ठुलो भएकाले केही दिन परकम्प आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूकम्पको रेकर्ड मात्र राख्ने गरेको छ ।स्रोतःगोप
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















