स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

अर्जुन काफ्ले


स्याङ्जा,२२भदौ- भोटेकोशीको बाढीपहिरोपछि स्याङ्जाका सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। बाढीपहिरो गएको लामो समयसम्म पनि आठै जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमुना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

भोटेकोशीको बाढीपहिरोपछि भीरकोट नगरपालिका–५, पकानका ७० वर्षीय कृष्ण अर्याल र उहाँकी श्रीमती राधा अर्याल गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बट्टारबाट सम्पर्कविहीन हुनुभएको थियो।

यस्तै, कालीगण्डकी गाउँपालिका–४, ताप्लेबेसीका गुरुदत्त पाण्डे, सोही वडाका नुवाकोटको मैलुङ हाइड्रोपावरमा कार्यरत ३० वर्षीय अमल्दार रोहन राना, चापाकोट नगरपालिका–१० का दिनामनी पंगेनी, वालिङ नगरपालिका–१४ घर भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा, भीरकोट नगरपालिका–२ का नेपाली सेनाका ३१ वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षीय तिलक राना सम्पर्कविहीन हुनुहुन्छ।

सम्पर्कविहीनमध्ये वालिङका समबहादुर थापा र भीरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन गरिएको हो।

यस्तै, अन्य छ जनाका परिवारबाट काठमाडौंस्थित प्रहरी अस्पतालमा नमुना सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।

नमुना दिइएका अर्याल दम्पतीको भने हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया गरिएको छ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal