पूर्णामृत भवानी माविमा ४० जनाले रक्तदान गरे
गोपाल जिटी
वालिङ,१९ भदौ–स्याङ्जाको वालिङमा रक्तदान कार्यक्रम गरिएको छ । वालिङ १० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । विद्यालयको नेपाल जुनियर युवा रेडक्रस सर्कलले ६३ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विद्यालयका अभिभावक बलराम चौधरीका दम्पतिबाट सुरु भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाले गरेको थियो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, राष्ट्रसेवक कर्मचारी, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तिहरु तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका निवर्तमान प्रधानाध्यापक विष्णु अर्यालले आफूसँग भएको रगतदिनु भनेको वास्तवमै जीवनदान बताउनुभयो । उहाँले आँफुसँग यसै जम्मा भैरहेको रगत दानले अरुको जीवन बचाउने हुँदा वास्तवमै जीवनदान भएको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमहरु हामीले गर्दैजानुपर्ने अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत भनेको पलाई रहने वा वृद्धि भइरहने वस्तु हो, जति दियो त्यति बढ्दैजान्छ । हामीले तीन महिनाको अन्तरालमा दिन सकिन्छ । त्यसैले यस्ता कार्यक्रमहरु नियमितरुपमा गर्दै जानुपर्दछ । जसले गर्दा आफूसँग भएको अमूल्य वस्तु दानले अरुको जीवन बचाउन र जीवन सुरक्षित गर्न सकिन्छ ।” त्यसैले रेडक्रस स्थापना दिवसका अवसरमा यस पटक रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएर आयोजना गरिएको अर्यालको भनाई थियो ।
विगतका वर्षहरुमा सामाजिक सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइएको थियो भने यस पटक रक्तदान कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई रक्तदानको महत्वको जानकारी गराउने र रेडक्रसको स्थापना दिवसलाई नयाँ कार्यक्रमसहित मनाउने उद्देश्यले पनि अहिले रक्तदान कार्यक्रम गरिएको हो ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















