वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालय द्वारा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण
वालिङ,२ भदौ- वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालयले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरुको सहजताको लागि वडा कार्यालयले टोलटोलमेै गएर नविकरण गरिएको वडा सचिव पदमप्रसाद पराजुलीले बताउनुभयो । जेष्ठ नागरिकका साथै शारीरिक रुपमा अश्क्त भएका सेवाग्राहीहरुलाई कार्यालयमा आउन समस्या हुने भएकोले उहाँहरुलाई पायक पर्ने ठाउँमा गएर नविकरण गरिएको सचिव पराजुलीको भनाइ छ ।
वडा बाट प्रदान गरिने सेवाहरुलाई सहजरुपमा वडा बासिहरुलाई प्रदान गर्न वडा कार्यालय लागि परेको वडा अध्यक्ष विश्वजं गुरुङले बताउनुभयो ।
वडा भित्र मात्रै नभएर वडा नम्बर १३ को झलुङे बजार र वालिङ बजारमा बस्दै आएका वडा बासिहरुलाई समेत सोही ठाउँमा पुगेर सेवा दिएको सचिव पराजुलीले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ताको नविकरणका साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो भने ५८६ जना लाभग्राही रहेको वडा कार्यालले जनाएको छ । वडालाई १० ओटा टोलमा विभाजन गरेर कार्यालयले सेवा दिदै आएको छ । गाउँघरका साथै आफ्नै टोलमा सेवा लिनपाएपछि लाभग्राही एवं जेष्ठ नागरिकहरुको अनुहारमा खुसि छाएको थियो ।

ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















