स्याङ्जामा भएको कविता प्रतियोगितामा शिरीषको ‘देश फर्किरहेको देश’ प्रथम

अर्जुन काफ्ले

स्याङ्जा,३१  साउन- लेखक तथा कवि सुन्दर शिरीष (सिन्धुपाल्चोक) को ‘देश फर्किरहेको देश’ खुला कविता प्रतियोगिता २०८१ मा प्रथम भएको छ । पुतलीबजार नगरपालिका-१ मा बिहीबार भएको प्रतियोगितामा २० वटा कवितालाई पछाडि पार्दै प्रथम भएको कविताका लेखक शिरीषलाई १५ हजार ५५५ रुपियाँ र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नुभएको हो । 

पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथितको सम्झनामा कविता महोत्सव तथा खुला कविता प्रतियोगिता गरिएको हो । प्रतियोगितामा राजन सुबेदी दीपक (झापा) को “हराएको देश” द्वितीय, चन्द्रवती अधिकारी (बाँके) को “अ आए” तृतीय र विनायक पन्त (तनहुँ) को ब्रह्माण्ड मस्तिष्क र सम्झना थापा मगर (स्याङ्जा) को सम्झनु त्यही मेरो देश हो सान्त्वना भएको कार्यक्रम संयोजक अनन्त कुमार श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा द्वितीयले ११ हजार १११, तृतीयले सात हजार ७७७ र सान्त्वनाले तीन हजार ३३३ रुपियाँ पुरस्कार सहित प्रमाणपत्र पाएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा विजेतालाई नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुरस्कार प्रदान गर्नुभएको थियो । 

“नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ गरिएको महोत्सव तथा प्रतियोगितामा अमेरिका, बेलायत र मलेसियासहित ४८ जिल्लाका १९९ कवितामध्ये १४ जिल्ला २० उत्कृष्टमा प्रतिस्पर्धा गराइएको थियो । छानिएका उत्कृष्टको कविता वाचन पश्चात् निर्णायकले विजेता छान्नुभएको हो । 

कार्यक्रममा पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाउँपालिका-१ र एसइई २०८१ मा जिल्ला टपर सुशान मरासिनीलाई सम्मान गरेको हो । 

यस्तै ट्रष्टले सामुदायिक विद्यालयका विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिकाका-४ वटा विद्यालयका पाँच सय विद्यार्थीलाई झोला, कपी, कलम सहितका शैक्षिक सामग्री वितरण गरेको हो । 

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal