विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
काठमाडौं,२८ साउन– विश्व प्रेस काउन्सिल (WAPC) ले नेपालका वरिष्ठ पत्रकार तथा सञ्चारकर्मी किशोर श्रेष्ठको पक्राउप्रति चासो व्यक्त गर्दै तत्काल रिहा गर्न नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विश्व प्रेस काउन्सिलका अध्यक्ष डेभिड ओम्वोयोले जारी गरेको वक्तव्यमा श्रेष्ठ दशकौँदेखि नेपालको सञ्चार क्षेत्रमा सक्रिय अनुभवी पत्रकार रहेको उल्लेख गरिएको छ। उहाँको पक्राउले एक व्यक्तिलाई मात्र नभई स्वतन्त्र पत्रकारिता र सम्पादकीय निर्णयमा कति स्वतन्त्रता बाँकी छ भन्ने विषयमा समग्र पत्रकारिता क्षेत्रमै प्रभाव पार्ने बताइएको छ।
विश्व प्रेस काउन्सिलले प्रकाशित सामग्रीका कारण पत्रकार पक्राउ पर्नु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र सञ्चारमाध्यमप्रति प्रतिबद्ध लोकतन्त्रका लागि चिन्ताको विषय भएको जनाएको छ। पत्रकारितामा जिम्मेवारी, गोपनीयताको सम्मान र तथ्यपरकता आवश्यक भए पनि त्यसलाई स्थापित व्यावसायिक तथा कानुनी प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले किशोर श्रेष्ठलाई निरन्तर हिरासतमा राख्नुपर्ने कानुनी आधार नभए तत्काल रिहा गर्न, उहाँविरुद्धको कुनै अनुसन्धान वा उजुरी भए पारदर्शी र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अघि बढाउन आग्रह गरेको छ।
त्यस्तै, नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न र प्रकाशित सामग्रीसम्बन्धी विवाद समाधानका लागि प्रेस काउन्सिल, सञ्चार नियमनसम्बन्धी निकाय तथा न्यायिक प्रक्रियाको प्रयोग गर्न पनि आग्रह गरिएको छ।
पत्रकारले आफ्नो वैधानिक पत्रकारिता तथा सम्पादकीय जिम्मेवारी पूरा गरेकै कारण धम्की, अनावश्यक हिरासत वा आपराधिक दबाबको सामना गर्नुपर्ने अवस्था आउन नहुने विश्व प्रेस काउन्सिलले जनाएको छ। पत्रकारले सत्तामा रहेका व्यक्तिहरूमाथि निर्भय रूपमा प्रश्न उठाउन, समाचार संकलन गर्न र अनुसन्धान गर्न सक्ने वातावरण बनाउनसमेत नेपाल सरकारसँग आग्रह गरिएको छ।
विश्व प्रेस काउन्सिलले नेपालका पत्रकार तथा सञ्चारमाध्यमले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र जिम्मेवार पत्रकारिताका पक्षमा गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।
विश्व प्रेस काउन्सिल विश्वका ३० भन्दा बढी प्रेस काउन्सिल, सञ्चार नियमनकारी संस्था तथा सञ्चारमाध्यमका स्वनियमनकारी संस्थालाई समेट्ने अन्तर्राष्ट्रिय संस्था हो। यसले पत्रकारितामा व्यावसायिक आचारसंहिता, प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षासम्बन्धी विषयमा काम गर्दै आएको जनाएको छ।

ताजा
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार





















