पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २८ साउन– प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा काउन्सिलमा उजुरी दिने र कानुनअनुसार आवश्यक कारबाही गर्ने व्यवस्था रहेको उल्लेख गरेको छ। पत्रकार आचारसंहिता पालना तथा प्रेस स्वतन्त्रताको सदुपयोग गराउन काउन्सिलले निरन्तर अनुगमन गर्दै आएको विज्ञप्तिमा जनाइएको छ।

काउन्सिलका अनुसार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा सम्बन्धित पत्रकार तथा सञ्चारमाध्यमलाई बोलाएर छलफल गर्ने, सचेत गराउने, खण्डन प्रकाशन तथा प्रसारण र माफी माग्न निर्देशन दिने, ध्यानाकर्षण गराउनेलगायतका प्रक्रिया अपनाइँदै आएको छ। गम्भीर प्रकृतिका उल्लङ्घनमा नेपाल पत्रकार महासंघ तथा सम्बन्धित सञ्चार संस्थामा थप कारबाहीका लागि सिफारिस गर्नेसम्मको व्यवस्था रहेको काउन्सिलले जनाएको छ।

यसै सन्दर्भमा आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको र साउन २८ गते बिहान उक्त सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ। प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिँदै काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीले पनि आफ्नो व्यावसायिक आचरण, व्यवहार र पेशागत मर्यादाप्रति सचेत रहनुपर्ने बताएको छ।

सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत सञ्चार क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने भन्दै काउन्सिलले प्रेस स्वतन्त्रताको नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार तथा सञ्चारकर्मी सचेत हुन आग्रह गरेको छ।

काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार तथा सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई ध्यानमा राखी समाचारका विषयमा चित्त नबुझेमा सम्बन्धित पक्षलाई काउन्सिलमा उजुरी दिनसमेत अनुरोध गरेको छ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासनिक अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा काउन्सिलले पत्रकारिता क्षेत्रको मर्यादा कायम राख्दै प्रेस स्वतन्त्रताको संरक्षण र सदुपयोगका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal