पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
गल्याङ,२५ साउन- स्याङ्जाको गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक मृत फेला परेका छन्।
सल्यान जिल्ला सिद्ध कुमाख गाउँपालिका–१ घर भई हाल गल्याङ नगरपालिका–११ मुड्किल्लामा बस्दै आएका अन्दाजी २५ वर्षीय बलदेव बस्नेत पौडी खेल्ने क्रममा सोमबार दिउँसो आँधिखोलामा डुबेर बेपत्ता भएका थिए। बस्नेत गल्याङ नगरपालिका वडा नम्बर ७ र ११ लाई जाेड्ने गरि आँधिखाेलामा निर्माण गरिएकाे झलुङ्गे पुल निर्माण कार्यमा काम गर्दै आएका थिए।
बेपत्ता बस्नेतको खोजीका लागि प्रहरी चौकी गल्याङ र शसस्त्र प्रहरी ३० नम्बर गुल्म वालिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर- ७ स्थित आँधिखाेलामा मृत अवस्थामा भेटिएकाे जपल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।
ताजा
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार





















