बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
राधिका पाैडेल
बिरुवा (स्याङ्जा), साउन- बिरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक रेडियो स्याङ्जाको सहजीकरणमा भएको कार्यक्रममा सेवा प्रवाह, विकास र सुधारबारे स्थानीय बासिन्दा एवं दलका प्रतिनिधिहरुलेले जिज्ञासा राखेका थिए।
सार्वजनिक सुनुवाइमा कृषि, बजारीकरण, सडक, बाँदर नियन्त्रण, निःशुल्क स्वास्थ्य सेवा, पशु कृत्रिम गर्भाधान र शिक्षा लगायतका विषयबारे सहभागिहरुले प्रश्न उठाएका थिए।
सहभागिहरुले उठाएका जिज्ञासा एवं प्रश्नकाे बारेमा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जवाफ दिदै गाउँपालिकाकाे सम्रग विकासमा पालिका बासिहरुकाे महत्वपूर्ण सहयाेग रहेकाे बताउदै सबैकाे सहकार्य बाट नै अहिलेकाे अवस्थामा आएकाे बताउनुभयाे।
विकासमा दलगत सहकार्य नमुना बनेको भन्दै सडक, कृषि, शिक्षा र स्वास्थ्यमा साेचे जति प्रगति नभएकाे अध्यक्ष कुँवरकाे भनाइ थियाे।
बिरुवाकाे समग्र विकासका लागि आफू लागि परेकाे र यसमा सबैकाे सकरात्मक सहयाे आवश्यक रहेकाे उहाँकाे भनाइ थियाे।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















