भीआइपी टोल साच्चैको भीआइपी बन्दै


गोपाल जिटी
वालिङ,२४ जेठ- वालिङ नगरपालिकाको ८ नम्वर वडाले भीआइपी टोललाई नाम अनुसारकै भीआइपी बनाउन लागि परेको छ ।
नागरिकहरुका माग र आवस्यकताको पहिचान गरी विकास निर्माणका योजनाहरु अगाडि बढाएको वडाले वालिङको मुख्य बजारको भीआइपी टोललाई नाम अनुसारकै भीआइपी बनाउन लागि परेको हो । स्मार्टसिटीको अवधारणासहित अगाडि बढेको नगरपालिकाको केन्द्र भागमा ८ नम्वर वडा रहेको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएको भीआइपी टोलमा अहिले पदमार्गसहितको नाली निर्माणको काम द्रुत गतिमा भैरहेको छ । अब केही दिनमै व्यवस्थित नाली निर्माणसहित ढुङ्गा लगाएर फुटपाथ बनाइने वडा अध्यक्ष दामोदर तिवारीले जानकारी दिनुभयो । नाली ठूलो र व्यवस्थित बनेसँगै त्यहीमाथि ढुङ्गा लगाएर फुटपाथ बनाइने अध्यक्ष तिवारीको भनाइ रहेको छ । अध्यक्ष तिवारीका अनुसार १५ लाखको लागतमा १ सय २ मिटर नाली निर्माणसँगै व्यवस्थित र आकर्षक फुटपाथ बन्ने छ । योसँगै नगरका शाखा सडकदेखि मुख्य बजार क्षेत्रमा सडक मर्मत सम्भार एवं नाली बनाउने कामहरु चलिरहेका छन् । यो आर्थिकको विनियोजित बजेट अनुसारका अधिकांश योजनाहरु सम्पन्न भैसकेको वडा अध्यक्ष तिवारीले जानकारी दिनुभयो । सीमित बजेटका बावजुद पनि हामी विनियोजित रकमको समुचित उपयोग गरी वडाबासीको माग र आवस्यककतालाई अधिकतम सम्वोधन हुनेगरी काम गर्दै आएको र आगामी दिनमा अझ परिस्कृत ढङ्गले विकास निर्माणका गतिविधि अगाडि बढाइने वडा अध्यक्ष तिवारीको भनाई छ ।

अहिले बजारको दक्षिणी भागमा निर्माण हुने छ भने आगामी वर्ष अर्को साइडमा पनि बनाउन पहल गरिने टोल विकास समितिका संयोजक श्यामधिराज मल्लको भनाई छ । सम्भवतः आगामी वर्ष भीआइपी टोललाई साच्चैको भीआइपी बनाइने टोल संयोजक मल्लले व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट अनुसारका ८५ प्रतिशत योजनाहरु सम्पन्न भैसकेका छन् । बाँकि योजनाहरु पनि अबको १५ दिनसम्म सम्पन्न हुनेगरी काम भैरहेको वडा कार्यालयले जनाएको छ ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal