सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौँ,४ भदौ–  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्था कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकामा तिनलाई पुनर्जीवन दिई सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्यअनुसार काम गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । अहिले सञ्चारमाध्यम ‘डिजिटल प्लेटफर्म’ र सामाजिक सञ्जालमा तीव्र रूपमा विस्तार भइरहेकाले नेपाल टेलिभिजन र रेडियो नेपालले पनि आफ्ना सामग्रीको गुणस्तर बढाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न निर्देशन दिनुभयो । नेपाल टेलिभिजन र रेडियो नेपालको प्रशासन तथा लेखा शाखालाई एकीकृत गर्न उहाँले सुझाउनुभयो । सञ्चारमन्त्रीले संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै भन्नुभयो, “संस्था जोगिन सक्यो भने मात्र त्यसबाट सबैले लाभ लिन सक्छन् । राज्यको ठूलो रकम खर्च भइरहने तर संस्थाले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने अवस्था आउन भएन ।”

सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणबाट प्रसारित समाचार तथा सूचना सामग्री निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित सामग्री प्रसारण गर्न नहुने भन्दै उहाँले नागरिकलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम उत्पादन गर्न निर्देशन दिनुभयो ।

नेपाल टेलिभिजन र रेडियो नेपालले खोजमूलक तथा जनचासोका सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले नागरिकलाई सही र विश्वसनीय सूचना प्रवाह गर्न पछि पर्न हुँदैन भन्नभयो । विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनालाई चिर्न सार्वजनिक सेवा प्रसारण संस्थाको महत्वपूर्ण दायित्व रहेको बताउँदै उहाँले विपद्को समयमा पूर्वसूचना प्रवाह, राहत तथा उद्धारसम्बन्धी सूचना प्रसारणमा पनि सार्वजनिक सेवा प्रसारण संस्थाको भूमिका महत्वपूर्ण हुने दोहोर्याउनुभयो । सार्वजनिक सेवा प्रसारण संस्थालाई सक्षम संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीले बताउनुभयो । 

सञ्चार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारण संस्थाका सदस्य रविलाल शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आम्दानी र खर्च व्यवस्थापनमा नयाँ सोच र शैलीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाको वार्षिक लेखापरीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फछ्र्योटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

सरकारले सार्वजनिक सेवा प्रसारण संस्थामा ऋण, शेयर लगानी र अनुदान गरी तीनवटै माध्यमबाट लगानी गरिरहेको बताउँदै सहसचिव शर्माले त्यसबाट नागरिक लाभान्वित हुनुपर्ने बताउनुभयो । संस्थामा लगानी भएको सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न संस्थाको आम्दानी बढाउनुपर्ने र सरकारले गरेको शेयर लगानीबाट लाभांश प्राप्त गर्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले संस्थालाई प्रतिस्पर्धी, जवाफदेही र जनउत्तरदायी बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस 

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal