नगरबासीलाई आत्मनिर्भर बनाउने अभियानमा छौ, उपप्रमुख तिवारी


वालिङ,२४ जेठ- वालिङ नगरपालिकाले कृषि र पशुपालनका माध्यामबाट नगरबासीहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको नगरउपप्रमुख कविता तिवारीले बताउनुभएको छ ।
नगरबासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिनु सुरु गरेको छ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत वडा नं.२ मा तीन दिने तालिम सुरु गरिएको हो ।
तलिमको शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले साना किसानलाई उत्पादनमा जोड्न पालिकाले विभिन्न काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि भएमा मात्रै कृषकले आर्थिक लाभ लिन सक्छ ।”
कृषकले उत्पादन गरेको सामाग्रीको बजारको जिम्मा नगरपालिकाले लिने बताउदै बजारको चिन्ता नगर्न कृषकलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले अर्गानिक कृषि खेती तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । उत्पादन धेरै गर्ने र लगानी कम गर्ने तरिका अपनाउनु पर्ने उहाँको भनाई छ । वडाले कृषकलाई ध्यानमा राखेर काम गरिरहेको अध्यक्ष लम्सालको भनाइ छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा तीन दिने आधारशिला तालिम सुरु गरेको हो ।
वालिङ नगरपालिका २ को हरियाली स्वावलम्वन महिला कृषक समूहका ३५ जना महिला सदस्यहरु तलिममा सहभागीता रहेको छ ।
तालिममा वालिङ कृषि विकास परियोजनाका कर्मचारीहरु सुस्मिता पौडेल र माया कुँवरले सहजीकरण गर्नुहुनेछ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal