अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

बोमलाल गिरी

नवलपुर,४ भदौ– भदौ २ गते बिहान ७ बजेको समय । न पानी न घाम । मौसम सामान्य थियो । नवलपुरको गैँडाकोट नगरपालिका –१४ की हेमकुमारी आले अरु दिन जस्तै घरभन्दा केहीमाथि रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न जाने निधो गर्नुभयो । 

हसिया र सानो झोला भिरेर उहाँ अघि लाग्नुभयो । साढे दुई वर्षको नाती शिवान तामाङ रुदै आफ्नो पछि लागेको हेमकुमारीलाई पत्तै भएन । घरभन्दा केहीमाथि पुगेपछि नाताले शिवानका हजुरबुवा पर्ने एक जनाले सोध्नुभयो । बाबु कता जान लागेको ? हजुरआमा त अगाडि गइसक्नुभयो । 

शिवान केही नबोली अघि बढे । उनी हजुरआमालाई पच्छ्याउने प्रयासमा अघि बढे । जुन कुरा शिवानकी हजुरआमालाई पत्तै भएन । हजुरआमा जंगल जानुभयो, च्याउ टिप्नुभयो र घर फर्कनुभयो । सायद बाटो फरक परेछ होला, हजुरआमा र नातीको बाटोमा कतै भेट भएन । 

हजुरआमा घर फर्कदा नाती शिवान घरमा थिएनन् । सोधखोज भयो । गाउँभरी हल्ला भयो । गाउँलेले सम्भावित शिवान गएको हुन सक्ने बाटो पच्छ्याउँदै जंगलभरी खोजे । तर कतै भेटेनन् । 

फर्केर इलाका प्रहरी कार्यालय गैँडाकोटलाई खवर गर्दा दिउँसोको २ बजिसकेको थियो । गैँडाकोटले नजिकैको इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोष्ट बेल्डियालाई पनि खबर ग¥यो । शसस्त्र प्रहरी बललाई पनि जानकारी गराइयो । 

यति गर्दा झण्डै ५० जनाको प्रहरी टोली र झण्डै दुईसय जना स्थानीय गरी दुईसय ५० जनाको टोली शिवानलाई खोज्न जान तयार भए । टोलीले टर्च लाइट बालेर राति ८ बजे बजेसम्म खोजतलास ग¥यो । तर कतै पत्ता लागेन । निराश भएर टोली घर फक्र्यो । 

अर्को दिन भदौ ३ गते पनि सोही तालिका अनुसारको खोजतलास जारी रह्यो । दुई सय ५० जनाको टोलीले जंगलको हरेक कुना खोज्यो । अहँ ! शिवान कतै भेटिएनन् ।

भदौ ४ गते पनि अघिल्लो दिनजस्तै ठुलो संख्यामा खोजीका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय गरी साढे दुईसय जनाको टोली परिचालन भए । खोज्न जाने सबैको मनमा एउटै कुरा खेलिरहेको थियो । शास नभए शिवानको लाश भए पनि भेट्न पाए हुन्थ्यो । 

तर खुशीको कुरा यो पटक (भदौ ४ गते बिहान १० बजे) शिवान भेटिए । गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरानको कुनै कोप्चेरोमा रुदै गरेको अवस्थामा । सबै खुशी भए । बच्चासँग अंकमाल गरे । 

शिवानलाई तत्काल भरतपुरको सरकारी अस्पताल लगे । चेक जाँच गरियो । शरीरका विभिन्न भागमा फोका परेको बाहेक उनको स्वास्थ्यमा कुनै समस्या देखिएन । स्वास्थ्य सामान्य छ । ‘‘म भर्खरै शिवानलाई भेटेर आँए । उनी ठिक छन्, स्वास्थ्य अवस्था राम्रो छ । चिन्ता मान्नु पर्ने केही छैन’’ इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीले भन्नुभयो । शिवान भेटिएपछि परिवारका सदस्यहरु खुसी भएका छन् ।स्रोतःगोप

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal