नेपाल आर्दश माविद्वारा विद्यार्थीलाई स्वागत कार्यक्रम
वालिङ,७असोज-नेपाल आर्दश माविले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार वालिङ ८ को सुभम पार्टी प्यालेसमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा मिराकल एजुकेशनल फाउण्डेसन तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर डुम्रेले नेपाल आर्दश माविले बढ्दो सूचना तथा प्रविधिका युगमा अन्तराष्टिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने गरी समय सापेक्ष अध्ययनको व्यवस्था मिलाएको भन्दै आधुनिक प्रविधिको प्रयोग गरी अध्ययनलाई प्रभावकारी बनाईएको बताउनुभयो ।
विद्यालयले आवश्यक वातावरणको सिर्जना गरेको भन्दै यसका लागि विद्यार्थी समेत लगनशिल हुनुपर्ने भन्दै नेपाल आर्दश विद्यालय खेलमैत्रि, शैक्षिक वातावरणमैत्रि हुँदै गएकाले धेरै विद्यार्थीको आर्कषणको केन्द्र बनेको अध्यक्ष डुम्रेले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका संरक्षक धु्रवप्रसाद शर्मा पंगेनीले नेपाल आर्दश माविकै उत्पादनले विद्यालयलाई नयाँ संरचनाका साथ अगाडि बढाएको भन्दै देशका विभिन्न निकायमा यहाँका विद्यार्थीले नेतृत्व गरेको बताउनुभयो । विद्यार्थीहरुलाई शहनसील र लगनशिल भएर अध्ययनमा लाग्न आग्रह गर्दै अवको आर्दशको बाघडोर सम्हाल्ने नेतृत्व यही विद्यार्थीहरु मध्येबाट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल होमकान्त गौतम र क्याम्पस निर्देशक दिपक लम्साल, भाइस प्रिन्सीपल तथा भाइस क्याम्पस प्रमुख शेषकान्त कंडेल अर्जुनले बढ्दो आधुनिक प्रविधिको समयमा अध्ययनमा थप लगाब दिन विद्यार्थीलाई आग्रह गर्दै अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम कक्षा १२ की छात्रा सदिक्षा रेग्मीको सभापतित्व र कक्षा १२ का विद्यार्थी अंकित उपाध्याय आचार्य र अन्जना पंगेनीको संचालनमा सम्पन्न भएको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















