स्याङ्जामा बीमा अभिकर्ता तालिम सम्पन्न


स्याङ्जा,७असोज- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बीमा सम्बन्धी तीन दिने आधारभूत बीमा अभिकर्ता तालिम स्याङ्जामा सम्पन्न गरेको छ । गत असार २२ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले असोज ४ गतेदेखि संचालन गरी असोज ६ गते शनिबार पुतलीबजार स्याङ्जामा तालिम सम्पन्न गरेको हो ।

कम्पनीले लघु बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिम संचालन गरेको हो । सो तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश लामिछाने र गार्डियन माइक्रो इन्स्योरेन्सकी स्याङ्जा प्रमुख राम माया अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा प्रशिक्षक क्षेत्रयि प्रबन्धक प्रकाश लामिछानेले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बीमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal