एन्फा महिला लिग : वालिङको दोस्रो जित

बल खोस्ने प्रयास गर्दै वालिङ र संकटाका खेलाडी । तस्बिर : एन्फा
काठमाडौँ,२४ भदौ- वालिङ नगरपालिकाले एन्फा महिला लिगमा दोस्रो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले सङ्कटा क्लबलाई १–० गोलले हरायो ।
वालिङको कठिन जितमा सिसी एनटोङ्गोले३९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । दोस्रो जितसँगै वालिङले ६ अङ्क बनाएको छ । तीन खेलमा दोस्रो हार खेपेको सङ्कटाको एक अङ्क छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार