सकारात्मक सोचका कुरा !
खुमकान्त अर्याल
सकारात्मक सोचले मात्र मानिसको जीवन सफल र सुखी हुन्छ । व्यक्तिहरू सवै सकारात्मक भएमा मात्र समाज संघ संस्थाहरू र समग्रमा देश नै सफल हुने विश्वास गरिन्छ । त्यसैले आजकल जतासुकै सकारात्मक वन्नु पर्ने सुझावहरू दिन थालिएको छ । सकारात्मक वन्ने कुरा सुन्नमा जति सजिलो लाग्ने गर्दछ, व्यवहारमा उतार्न पनि त्यत्तिकै सजिलो छ वा हामीले केही अभ्यास र संकल्पहरू पनि गर्नु पर्दछ ?
अउनुहोस यँहा केही चर्चा गरौं !
भन्ने गरिन्छ आँधी गिलास पानी देखाएर सोधियो भने नकारात्मक वालाले गिलासको रित्तो भाग देख्दछ तर सकारात्मक वालाले गिलासको भरिएको भाग देख्दछ । गिलासको भरिएको भाग देख्ने गुंडका मानिसहरू सायदै हामी धेरै छैनौं । नकारात्मकताको मूल विशेषता भनेको अरूको हरेक काम र कुराको आलोचना गर्ने र अफ्नो लाभ र श्वार्थलाई पोषण गर्ने गरि गरिने व्यवहार हो । अँफुलाई केन्द्रमा राखेर अरूलाई हरदम सानो देखाउने,गल्ति देखाउने तर कहिल्यै पनि अँफ्नो गल्तिलाई स्वीकार गर्न दिदैन नकारात्मक भावनाले । यही कारणले गर्दा परिवारदेखि समाजको शान्ति र मेलमिलाप तथा विकासको काम पनि विथोलिएको हुन्छ । नकारात्मकताको मूल जरो व्यक्ति भित्र हुर्केको द्वेश र स्वार्थ वृत्ति हो, जो संस्कारको रूपमा हामी भित्र चिप्किएर वसिसकेको हुन्छ । हामी सजिलै भनिदिने गर्दछौं सकारात्मक हुनुहोस् सवै कुराको समाधान हुन्छ । एउटा सुझाबले एउटा तालीमले, एउटा सम्मोहित वक्तव्य सुनेर हाम्रा मस्तिष्कमा अंकित संस्कारहरू तत्काल वदलिन सायद सक्दैन ।
हामी यस्ता कार्यक्रममा वदलिने प्रतिज्ञा पनि गर्दछौं, कामकै शिलशिलामा सकारात्मक वन्ने प्रयास पनि गर्दछैं तर फेरी उस्तै । एउटा उखान छ, बाघको छाला ओडाएर बाघको बथानमा स्याललाई हुल्दा तव सम्म उ बाघ भएर रहन्छ जवसम्म नजिकै स्याल कराउदैन । जव नजिकै अर्को स्याल कराउँदछ उसको बाघपना उध्रेर स्यालपना प्रकट हुन्छ । आजकल हामी धेरैले धेरै फोरममा सकारात्मकताको सपथ लिनेगरेका छौं तर व्यक्तिगत जीवनमा होस वा संगठनको सेवामा खास उपलव्धि अनुभव गर्न सकेका छौं त ?
यस्तो चाही देखिदैन वरू मानिसहरू दिनदिनै झन असान्त र झगडालु हुदैछन । संघ संस्था तथा सरकारका सेवाहरूबाट पनि मानिसहरू सन्तुष्ट छैनन र नेताहरूको व्यवहारका वारे झन गुनासो वढिरहेको छ ।
सकारात्मकता भनेको पहिला आफ्नो जिम्मेवारीलाई इमान्दार र सहयोगी भएर पुरा गर्नु हो । अनावस्यक गुनासो नगर्नु, अरूको गुनासोलाई राम्रो संग सुन्नु र त्यसको सहज समाधानमा सहयोग गर्नु,,केही त्रुटी रहेमा तुरून्त स्वीकार गर्नु, अरूका राम्रा कर्महरूको प्रशंसा गर्नु, कसैको अहित हुने कुरामा सहभागी नहुनु, राम्रो बाटोबाट धनी हुने लक्ष गर्नु र अरूको प्रगतिमा खुसी हुनु, सकेसम्म संधै प्रशन्न रहनु आदि धेरै कुराहरू हुन् । यसो गर्दा अफ्नै जीवन पनि सफल हुन्छ र अरूको जीवनमा पनि सहयोग पुगीरहेको हुन्छ । तर हामी त्यसो गरिरहेका हुदैनौं, जसरी भएपनि आफ्ना कुरा माथि पार्ने, आफ्नै प्रशंसा गर्ने गराउने, जसरी पनि आँफै धनी, बलियो र प्रतिष्ठित हुनु पर्ने, कसैको आलोचना र कुराकाट्नमा रस मान्ने, जिम्मेवारी पुरा नगर्दा पनि, गल्ति गर्दा पनि हार स्वीकार नगर्ने, ससानो त्रुटीमा अरूको तेजोवध गर्ने, र आँफु कतै असफल भएमा समेत अरूले गर्दा यस्तो भयो भनेर दोष लगाउनु नकारात्मक मानिसका लक्षणहरू हुन् ।
खाली मनलिएर जन्मने वालकको पहिलो पाठशाला बाबु आमा घर परिवार हो र पछिसम्म जे सिकिन्छ यही हाम्रो समाज र देशबाट देखासिकी गरेका हुन्छौं । सवै बाबुआमाले अफ्ना छेराछोरी ठूलो र अशल बनुन भन्ने कामना गरेका त हुन्छौं तर हाम्रा अफ्नै व्यवहार कतिपय नकारात्मक हुने गर्दछन, जो वालकले अनुशरण गरिसकेका हुन्छन । छरछिमेक समाजमा अवसरको लागि मानवीय मुल्यलाई नाघेर हुने अस्वस्थ्य प्रतिस्पर्धा, उपभोगवादी संस्कृतिको लत, दन्डहिनता, वेरोजगारी, स्थानीय पुर्वाधारहरूको अभावमा झेल्ने कठिनाईहरू, शुशासनको अभाव, आसा गरिएका जिम्मेवार नेता तथा समाजका अग्रजहरूमा देखिने स्वार्थ र अफ्नो भविष्य वारे निराशहुनु नै मानिसहरू नकारात्मक वन्ने कारणहरू हुन् । अझ अर्को मुख्य कारण मानिस भैतिकवादी वन्दैछन्, पदार्थको अधिक संगतीले मन पनि पदार्थ जस्तै विवेक हिन, कठोर र भारी हुदैछ तव मानिसहरू प्रेमको रसबाट वन्चित हुने क्रम वढीरहेको छ । पतिपत्नी छेराछोरी र बाबुअमाका वीचको सम्वन्धमा पनि प्रेमको अभाव छ वरू अफ्ना सुविधाहरू सर्त वनेर तेर्सिन्छन, तसर्थ प्रेमको रस मानिसको जीवनबाट हराउदैछ । मानिसहरू एकापसमा मिलेको देखिएता पनि खास प्रेमको भावुकता छैन जुन सम्वन्ध सानो कारणले टुट्छ । जुन मानिसको ऋदय प्रेमबाट सुन्य हुन्छ, उसको जीवन निरस,स्वार्थी , रूखो र उदास हुन्छ । हामी नकारात्मक हुदै जानुका मुख्य कारणहरू यिनै हुन् । तर हामी सकारात्मक हुने संकल्पका साथ अभ्यास गर्याैं भने सक्छौं किनभने हाम्रो मन, वुद्दि, र संस्कार अलि कठोर निष्ठुर र जटिल वनिसकेको छ, यसलाई विस्तारै सुधार गर्दै लैजान सकिन्छ ।
हामी प्रकृतिबाट टाढा जाँदैछौं, हरेक दिन केही समय खोला तलाउ, वन, पार्क,डाडकाडा,फूलवारीमा समय विताउने,र गाई भैंसी कुकुर विरालो जस्ता जनावर र पंक्षीहरूको माझमा रहेर प्रकृति संग नजिक रहने अभ्यास गर्दा मन निर्मल हुन्छ, यसले मनलाई कोमल वनाउन पनि मद्दत गर्दछ । बिहानमा प्रणायाम सहितको व्यायाम वा मर्निङवाक, सके वेलुका पनि गरियो भने शरीरलाई ताजा र मनलाई सान्त राख्न मद्दत गर्दछ । हरिया सागपात फलफुल दुध सहितको रेसादार खानाले वुद्दि राम्रो हुन्छ । नुन अमिलो पिरो चिल्लो र गुलियोको मात्रा कम नै खानु पर्दछ यो धेरै खाँदा मनलाई उद्देलित बनाउँदछ । अध्यात्म सम्वन्धिका प्रवचन सुन्ने, बानिले विचारलाई दृढ गर्न धेरै सहयोग पुग्छ । आफ्ना मनमा कस्ता विचार आउने र जाने गरिरहेका छन मनको अवलोकन गर्ने अभ्यास गर्न सकियो भने मनमा आएका लोभ,क्रोध घृणालाई देख्न सकिन्छ र यसको प्रभावबाट वच्न सकिन्छ । घरपरिवारमा सवैका बीच दैनिक खुला छलफल गर्ने र ठूलाले सानालाई पनि साथिभाईको जस्तो व्यवहार गर्नाले प्रेम र आत्मियता वढाउछ । दैनिक केही न केही श्रम गरि आफ्नो काम आँफै गर्न प्रयास गर्ने र सकेसम्म आफ्नो लागि अरूको श्रम नलिने । सकेसम्म केही समय एकान्तमा रहने प्रयाश गर्ने । समय मिले प्रेरणादायक लेख रचनाको स्वअध्ययन गर्ने गरेमा उत्साह र प्रशन्नता पनि वढ्नजान्छ । यी सवै नियमित अभ्यासहरूले हाम्रा विचार र भावनाहरू क्रमशः सकारात्मक बन्न थाल्दछ । सवै कुराको गन्ध लशुनले मार्छ भनेजस्तै यी अभ्यासहरू पछि मात्र ऋदय कोमल हुन सुरूहुन्छ, विवेक बढेर कसैलाई मनदुख्ने व्यवहार गर्नै सकिदैन तवमात्र मनको तहदेखि नै जवाफदेहीता,प्रेम सदभाव र सदाचार प्रकट हुनथाल्दछ ।
हामी कतिपयले आजकाल सुख सम्वृद्दि र मनोकामना पुरा होस भनेर कसैले आइतवार, कसैले सोमवार वा मंगलवारको व्रत लिने गर्दछौं नि, अव सवैले सकारात्मक सोचको व्रत लिएर माथि भनिएजस्तै आहार, विहार,व्यवहार र विचारणाको नियम पालना गर्ने हो भने सुख सम्वृद्दि शान्ति र कृति समेतका मनोकामनाहरू पुरा हुनेछन्, यसको लाभ समाज र देशले समेत प्राप्त गर्नेछ ।
लेखक अर्याल वालिङ ६ निवासी हुनुहन्छ ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार





















