बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
काठमाडौं,११ भदाै- रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित घाइते नागरिककाे निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भएको छ। चीनको तिब्बतस्थित भू–भागबाट आएको बाढीका कारण बुधबार बिहानदेखि नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको घटनाप्रति कलेजले दुःख व्यक्त गर्दै विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
प्रभावित नागरिकलाई तत्काल, सहज र सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कलेजले चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक सेवा, अस्पतालका शय्या, अत्यावश्यक स्वास्थ्य उपकरणलगायत आवश्यक स्रोत–साधनलाई तयारी अवस्थामा राखेको जनाएको छ।
कलेजले विपद्को कठिन परिस्थितिमा ‘मानव जीवनको रक्षा र स्वास्थ्य सेवा सबैको पहुँचमा’ भन्ने भावनाका साथ स्वास्थ्य सेवा संयन्त्र परिचालन गरेको जनाएको छ। आर्थिक अभावका कारण विपत्तिमा परेका नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको कलेजले जनाएकाे छ।
प्राकृतिक विपत्ति तथा आपत्कालीन परिस्थितिमा नेपाल सरकार, स्थानीय तह तथा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउँदै आएको कलेजले यसपटक पनि प्रभावित नागरिकको जीवनरक्षा तथा उपचारका लागि सरकार, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा नागरिकसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता कलेजद्वारा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















