वडा कार्यालय भवनको शिलान्यास
स्याङ्जा,१६ पुस– आँधीखोला गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीन तले भवनको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले एक कार्यक्रमवीच शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अध्यक्ष पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गर्नुभयो ।
विकास निर्माणको कार्य गर्न गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । विकास निर्माणका काममा जनसहभागिता अनिवार्य रहेको बताउदै जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न पर्ने प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
चनावी प्रतिबद्धता अनुसार पाँच वटा वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने गाउँपालीका अध्यक्ष पौडेलले बताउनुभयो ।
भवन निर्माणका लागि रु १ करोड ८७ लाख ८३ हजार ४ सय ८४ मा टेन्डर गरिएकोमा २५.९१ प्रतिशत ठेक्का घटेर रु १ करोड ३९ लाख १६ हजार ६ सय ५१ मा विवेक एण्ड कुँवर विद्यामोहन जे.भी. वालिङ ५ स्याङ्जाले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाले जनाएको छ । निर्माण कम्पनीसँग २०७८ साउन १३ गते सम्झौता भएको र आगामी २०७९ साउन १३ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले जानकारी दिनुभयो ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















