वडा कार्यालय भवनको शिलान्यास

स्याङ्जा,१६ पुस– आँधीखोला गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीन तले भवनको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले एक कार्यक्रमवीच शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अध्यक्ष पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गर्नुभयो ।

विकास निर्माणको कार्य गर्न गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । विकास निर्माणका काममा जनसहभागिता अनिवार्य रहेको बताउदै जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न पर्ने प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

चनावी प्रतिबद्धता अनुसार पाँच वटा वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने गाउँपालीका अध्यक्ष पौडेलले बताउनुभयो ।

भवन निर्माणका लागि रु १ करोड ८७ लाख ८३ हजार ४ सय ८४ मा टेन्डर गरिएकोमा २५.९१ प्रतिशत ठेक्का घटेर रु १ करोड ३९ लाख १६ हजार ६ सय ५१ मा विवेक एण्ड कुँवर विद्यामोहन जे.भी. वालिङ ५ स्याङ्जाले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाले जनाएको छ । निर्माण कम्पनीसँग २०७८ साउन १३ गते सम्झौता भएको र आगामी २०७९ साउन १३ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले जानकारी दिनुभयो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal