निःशुल्क स्वास्थ्य शिविरबाट ४९५ सेवाग्राही लाभान्वित
अर्जुन काफ्ले
स्याङ्जा,९ चैत– भीरकोट नगर अस्पतालमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४९५ सेवाग्राही लाभान्वित भएका भएका छन् ।
भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३४२ महिला र १५३ पुरूषले सेवा लिएको नगर अस्पतालका प्रमुख डा. राजिव झाले जानकारी दिनुभयो ।
वर्षा भएपनि स्वास्थ्य शिविरमा सेवाग्राहीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
शिविरमा स्त्री तथा प्रसूति, जनरल मेडिसिन र हाडजोर्नी तथा नशासम्बन्धी रोग, नाक ,कान घाँटी रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
यहाँ अर्जुनचौपारी, भीरकोट र पुतलीबजारका नागरिकहरू लाभान्वित भएका थिए भने स्त्री तथा प्रसूति रोगका लागि डा. मनोर दिन सैयद, जनरल मेडिसिनतर्फ डा. इवराज सिम्खडा र डा. सुस्मित श्रेष्ठ, हाडजोर्नी तथा नशासम्बन्धी रोगको उपचारका लागि डा. उज्जन शाक्यले बिरामीहरूलाई सेवा प्रदान गरेको मनमोहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिनुभयो ।
यस्तै नाक, कान र घाँटीसम्बन्धी रोगको डा. कृष्ण कोइराला, मानसिक तथा स्नायुसम्बन्धी रोगको डा. राजन शर्मा, हाडजोर्नी तथा नशासम्बन्धी रोगको डा. दिनेश कुमार विकले सेवा प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिविरबाट स्थानीय नागरिकहरूलाई पोखरा काठमाडौँका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्राप्त भएको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख कर्माचार्यले बताउनुभयो । शिविरमा स्वास्थ्य सेवा लिन गएकि प्रतीक्षा अर्यालले ३० मिनेट भित्र नै विशेषज्ञ स्वास्थ्य सेवा र निःशुल्क औषधी पाएको बताउनुभयो ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















