पुतलीबजारमा बजार अनुगमन

राधिका पाैडेल

स्याङ्जा,२० असाेज- जिल्ला सदरमुकाम पुतलीबजारमा होटल तथा रेष्टुरेण्ट र खाद्य किराना पसलको बजार अनुगमन गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टाेलीले बजारकाे अनुगमन गरेकाे हाे।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, वस्तुको मूल्यसूची, नापतौल तथा प्रमाणपत्र, खाद्य वस्तुको लेबल, म्याद, पान, बिक्री तथा खरिद बिललगायतका विषयमा निरीक्षण गरिएको थियो। मिठाई पसलमा खाद्य वस्तुको गुणस्तर तथा यसअघि दिइएका निर्देशनको पालना भए/नभएको समेत हेरिएको थियो।

अनुगमनका क्रममा १० हजार ८३० रुपैँया बराबरको म्याद नाघेको तथा खानयोग्य नभएको खाद्य वस्तु नष्ट गरिएको छ। यस घटनाले उपभोक्ताले खाद्य वस्तु खरिद गर्दा म्याद, लेबल, मूल्यसूची र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

अनुगमन टोलीले होटल, रेष्टुरेण्ट तथा खाद्य किराना व्यवसायीलाई खाद्य वस्तुको गुणस्तर कायम राख्न, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति जिम्मेवार बन्न सचेत गराएको थियो। 

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal