भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

वालिङ,८ असोस- स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बुधबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

प्रहरीका अनुसार जिपको स्टेयरिङ लक भई घुम्तीमा मोडिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा चालकसहित ११ जना घाइते भएका थिए।

घाइतेमध्ये पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

घाइतेहुनेहरूमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार नगरपालिका–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा गाउँपालिका–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही स्थानका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भीरकोट–२ दहथुम बस्ने ४३ वर्षीया रसमाया गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन्।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal