भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
वालिङ,८ असोस- स्याङ्जाको भीरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बुधबार साँझ भीरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
प्रहरीका अनुसार जिपको स्टेयरिङ लक भई घुम्तीमा मोडिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा चालकसहित ११ जना घाइते भएका थिए।
घाइतेमध्ये पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।
घाइतेहुनेहरूमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार नगरपालिका–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा गाउँपालिका–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही स्थानका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भीरकोट–२ दहथुम बस्ने ४३ वर्षीया रसमाया गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन्।
ताजा
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार





















