नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
वालिङ,१८ असाेज- नेपाली काँङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापति मा अर्जुनप्रसाद खनाल विजयी हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेत्रप्रसाद पाण्डेलाई पराजित गर्दै नेतृत्व हात पार्न सफल हुनुभएकाे हो।
निर्वाचन परिणामअनुसार सभापतिमा विजयी हुनुभएका खनालले ९५१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पाण्डेले ७३४ मत प्राप्त गर्नुभएकाे छ। यससँगै खनाल २१७ मतान्तरले विजयी बन्नुभएको हो। त्यसैगरी, क्षेत्रीय सचिव पदमा रमेश बस्याल ८३७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कमलचन्द्र गैह्रेले ७३२ मत प्राप्त गर्नुभयो। सचिव पदमा १०५ मतान्तर रहेको छ।
यस्तै, सहसचिव पदमा भुवन भण्डारी ८७२ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य रेग्मीले ७३८ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा १४३ मतान्तर रहेको छ। निर्वाचनको अन्तिम परिणामसँगै क्षेत्र नम्बर दुईमा नयाँ नेतृत्व चयन भएको छ ।
यस्तै नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर दुई (क) को सभापतिमा लक्ष्मण अधिकारी विजयी हुनुभएको छ ।
लक्ष्मण अधिकारीले ४८८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धा छवि आलेले ३१६ मत ल्याउनुभएको थियो ।
यसै गरि क्षेत्र नम्बर दुई (ख) को सभापतिमा चन्द्र राना विजयी हुनुभएको छ भने महाधिवेशन प्रतिनिधिमा खुलातर्फको मतपरिणाम अनुसार भागवतप्रकाश मल्ल १४सय ७१ मत प्राप्त गरी शीर्ष स्थानमा रहन सफल भएकाे छ। प्राप्त विवरण अनुसार शेषकान्त पुरी ११सय १६ मत, महेश भट्टराई १०८८ मत प्र अर्जुनप्रकाश अर्यालले १००० मत प्राप्त गर्नुभएको छ ।
अन्य प्रतिस्पर्धीहरूमा मोहनप्रसाद पाण्डेले ९२५ मत, खुमाप्रसाद अर्यालले ९१५ मत, गुरुप्रसाद प्रसाद भट्टराईले ९०१ मत र विष्णुप्रसाद पौडेलले ८४६ मत प्राप्त गर्नुभएको छ । यस्तै, देवबहादुर खाँणले ७९९ मत र युवराज पाण्डेले ६७८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधीमा चयन हुनुभएको हो ।१० जना महाधिवेशन प्रतिनिधिका लागि २५ जनाले उम्मेदवारी दिएका थिए ।
महिला खुल्लातर्फ हेमा न्यौपाने तिमिल्सिना, कल्पना तिवारी कविता तिवारी र सरस्वती अर्याल तिवारी विजयी हुनुभएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















