“अन्तरिक्षको आँगन”काे गृह विमोचन
वालिङ,१७ असाेज- साहित्यकार तथा शिक्षक अनन्त अर्यालको निर्बन्ध सङ्ग्रह ‘अन्तरिक्षको आँगन’काे वालिङमा गृह विमोचन तथा विमर्श गरिएको छ ।
वालिङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारीले कृतिको विमोचन गर्नुभएकाे हाे ।
तीन दशकदेखि शिक्षण क्षेत्रमा रहेर सेवा गर्दै आँउनुभएका अर्याल शिक्षण कार्य संगै साहित्यका क्षेत्रका समेत सक्रिय हुनुहुन्छ।
“अन्तरिक्षको आँगन”अर्यालको पाँचौँ कृति हो । उहाँले यस अघि ‘म आलोच्य छु’, ‘अनन्त यात्रा’ र ‘कालापत्थर’ कविता सङ्ग्रह तथा ‘अलिखित पाना’ कथा सङ्ग्रह प्रकाशन गरिसक्नुभएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार विश्वप्रेम अधिकारीले साहित्य समाजको अनुभूति, समयको दस्तावेज र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताउनुभएकाे थियाे । अधिकारीले साहित्यकारले आफू बाँचेको समय, समाज र परिवेशलाई सिर्जना मार्फत अभिलेख गर्ने भन्दै ‘अन्तरिक्षको आँगन’ मा लेखकका लामो समयदेखिका अनुभव र सिर्जनात्मक चिन्तन प्रतिबिम्बित भएको उल्लेख गर्नुभयाे। उहाँले साहित्य सिर्जनामा निरन्तरता र अध्ययन आवश्यक रहेको भन्दै अर्यालको नयाँ कृतिले नेपाली साहित्यको क्षेत्रमा थप योगदान पुर्याउने बताउनुभयाे।
कार्यक्रममा चक्रबहादुर पराजुली,यामबहादुर कुँवर,ध्रुव शर्मा पङ्गेनी र दीपक लम्साल लगायतले ‘अन्तरिक्षको आँगन’ माथि टिप्पणी तथा चर्चा गर्नुभएकाे थियाे। वक्ताहरूले कृतिले लेखकको जीवन अनुभव, सामाजिक परिवेश र साहित्यिक चेतनालाई विभिन्न कोणबाट प्रस्तुत गरेको चर्चा गरेका थिए । कार्यक्रममा कवि एवं साहित्यकारहरुले आ-आफ्ना रचना वाचचन गरेका थिए ।
वालिङ नगरपालिका–१४ अमलडाँडा निवासी लेखक अर्याल शिक्षण पेसासँगै साहित्य सिर्जनामा सक्रिय रहँदै आउनुभएकाे छ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















