बदलियो मौसम पूर्वानुमानको भाष्य

भउचप्रसाद यादव

काठमाडौँ,९ चैत– नेपालका सन्दर्भमा पहिला पहिला झ्यालबाट हेरेर बादल लागेको भरमा पानी पर्ने वा नपर्ने अनुमान गरिन्छ भन्ने कहावत थियो । तर अहिले  विज्ञान र प्रविधिको विकाससँगै पानी पर्ने, हिउँ पर्ने, हुरीबतासलगायत बाढीपहिरोको समेत पूर्वानुमान गर्न लागिएको छ ।

केही समयअघिसम्म नेपाली समाजमा यहाँको मौसम पूर्वानुमान मिल्दैन भन्ने भाष्य थियो । तर पछिल्ला केही वर्षदेखि मौसम विभागले गरेका पूर्वानुमान धेरै हदसम्म मेल खाइरहेका हुन्छन् । मानिसहरू मौसम पूर्वानुमानको सूचनाका आधारमा खेतीपाती गर्नुका साथै यात्रासमेत गर्न थालेका छन् ।

मौसम पूर्वानुमानले हिउँ पर्ने, बाढी, पहिरो र भारी वर्षा जस्ता प्राकृतिक विपत्बाट जनधनको क्षति न्यूनीकरण गर्न, कृषकहरूलाई बालीनाली जोगाउन र सुरक्षित कृषि कार्य गर्न तथा हवाई र स्थलगत यातायातलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले पर्यटन, जलविद्युत् र दैनिक योजना बनाउन विशेष मद्दत गर्छ ।

मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक सुमनकुमार रेग्मी यहाँको अधिकांश मौसम पूर्वानुमान मिल्ने गरेको बताउँदै महाशाखाले दिएको सूचनाका आधारमा सावधानी अपनाउँदा धेरै पूर्वाधार, खेतीपाती जोगिएको र धेरैको यात्रा सुरक्षित हुन पुगेको बताउनुहुन्छ । मानिसहरूको मौसमसम्बन्धी सूचना सुन्ने, पढ्ने र त्यसका आधारमा आफ्नो दैनिक काम गर्ने, यात्रा गर्ने प्रवृत्तिको विकास हुँदै गएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “वातावरणमा आएको परिवर्तनसँगै मौसम पनि बिग्रिँदै गएको अवस्था छ । दिनका दिन नयाँ प्रकृतिका मौसमको सामना गर्नु परेको छ । वातावरण बिगिँ्रदै जाँदा त्यसको असर मौसममा पर्न थालेको छ ।” पहिलाभन्दा अहिले धेरै सुधार र आधुनिक भइसकेको बताउँदै उहाँले पहिला पहिला ‘म्यानुअल्ली’ रूपमा मौसम पूर्वानुमान गरिन्थ्यो तर अहिले यसका सबै प्रणाली ‘अटोमेटिक’ प्रणालीमा रूपान्तरण भइसकेका छन् । मौसम पूर्वानुमानका लागि छिमेकी मुलुक र विश्वका अरू मुलुकको समेत तथ्याङ्कको विश्लेषण गर्ने गरिएको उहाँ बताउनुहुन्छ । त्यसै गरी मौसम मोडेलसमेत सञ्चालन गरेर पूर्वानुमान गर्ने गरिन्छ ।

मुख्यतया गणितीय मौसम पूर्वानुमान (न्युमेरिकल वेदर प्रिडिक्स) विधि, भू–उपग्रह र राडार तथ्याङ्क तथा स्थानीय वायुको प्रभाव विश्लेषण गरी मौसमको पूर्वानुमान गर्ने गरिन्छ । यो प्रणालीले पश्चिमी न्यूनचापीय वायु, मनसुन र प्रि–मनसुन जस्ता मौसमी प्रणालीको समेत अनुगमन गर्ने गरिएको उहाँको भनाइ छ । अन्य मुलुकको तुलनामा नेपालको मौसम पूर्वानुमान सक्षम र प्रभावकारी रहेको उहाँको दाबी छ ।

नेपाल जस्तो जटिल भू–बनोट भएका ठाउँमा मौसम पूर्वानुमान कार्य कठिन र चुनौतीपूर्ण नै रहेको बताउँदै उहाँले अहिले पनि आवश्यक ठाउँमा मौसम स्टेसन स्थापना हुन नसकेको बताउनुहुन्छ । सात दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्न अझै पनि चुनौतीपूर्ण कार्य रहेको उहाँको भनाइ छ । अहिले तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरिन्छ । यसका लागि प्रविधि र प्राविधिक समस्याहरू छन् । त्यसै गरी अध्ययन अनुसन्धानको कमी छ । यी चुनौती रहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठले अहिलेका अधिकांश मौसम पूर्वानुमान मिल्ने गरेको बताउँदै यसले विगतका तुलनामा नेपालीको दैनिकी सहज बन्दै गएको बताउनुहुन्छ । यहाँको मौसम पूर्वानुमानलाई अझ हुबहु ठ्याक्कै मिल्ने गरी प्रभावकारी बनाउन अहिले भएको प्रविधिलाई अझ आधुनिकीकरण गर्न, हिमाली क्षेत्रलगायत अपुग भएका ठाउँमा नयाँ स्टेसन थप्नुपर्ने, यस क्षेत्रमा थप अनुसन्धान गर्नुपर्ने, लगानी गर्नुपर्ने उहाँको भनाइ छ । अहिले नेपालमा मौसम पूर्वानुमानसम्बन्धी सात वटा स्टेसन रहेका छन् ।

 आजको अवलोकन भोलिको सुरक्षा 

हरेक वर्ष मार्च २३ का दिन विश्वभर ‘विश्व मौसम विज्ञान दिवस’ मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यसले जलवायु परिवर्तनका असर, जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीको महìवबारे जनचेतना जगाउने काम गर्छ । यो वर्षको विश्व मौसम विज्ञान दिवसको मूल नारा ‘आजको अवलोकन भोलिको सुरक्षा’ रहेको छ ।गोप

ताजा

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal