बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

काठमाडौँ,५ असोज- चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख रुपियाँ प्रदान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । 

राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । रासस

ताजा

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal