विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

राधिका पाैडेल

स्याङ्जा,७ असोज- लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले विद्यालयलाई स्टेशनरी सहयाेग गरेकाे छ।

संस्थाका पूर्व अध्यक्ष तथा सिनियर एओजी पिताम्बर गौतम ‘प्रकाश’को जन्मदिन तथा अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा पुतलीबजार नगरपालिका–३ स्थित चण्डी कालिका बहिरा विद्यालयमा स्टेशनरी सामग्री सहयोग गरेको हाे। गौतमले जन्मदिन र सांकेतिक भाषा दिवस मनाउने क्रममा विद्यालय पुगेर विद्यार्थीका लागि आवश्यक सामग्री सहयोग गर्नुभएकाे हाे।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ एमका सिनियर चिफ एडभाइजर श्रीबहादुर गुरुङले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा क्लबको भूमिका तथा मानवीय सेवाका गतिविधिबारे जानकारी दिनुभएकाे थियाे। 

क्लबले बालबालिकाको पढाईमा सहयोग पुर्‍याउने उद्देश्यले सहयाेग गरिएकाे र यस्ता कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal