आँधीखोला संचार सहकारीको २०औँ साधारण सभा सम्पन्न

वालिङ ,१२ पुस- आँधीखोला संचार सहकारी संस्था तथा रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज वालिङ ८ स्याङ्जाको २०औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार वालिङ ८ घ्याङलिङ स्थित रेडियो आँधीखोलाको सभाहलमा २०औँ साधारण सभा सम्वन्न भएको हो । 

साधारण सभाको उद्घाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले रेडिया स्थापना कालदेखि नैे समाजलाई सूसुचित गराउँदै आएको भन्दै बढ्दो प्रविधिकाे युगमा रेडियो आँधीखोलालाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै लैजाउनुपर्नेमा जोड दिनुभयो ।

स्याङ्जाको पहिलो सामुदायिक रेडियोको दिगो विकासका लागि नगरपालिकाको सिमित स्रोत र सादनका बिच पनि सकेसम्म सहयोग गर्ने बताउदै सकरात्मक कामको उजागर गर्दै समाजका बेथितिलाई बाहिर ल्याउन संचारको भूमिका महत्वपूर्ण रहेको नगर  प्रमुख खाँणले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले रेडियोले आफ्ना गतिविधिलाई परिमार्जित गर्दै प्रविधिमय बनाउनुपर्ने सुझाव दिनुभयो । त्यसै गरि कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे,नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कम्युनिष्ट पार्टीका नगर संयाेजक भक्तबहाुदुर गोतामे, रेडियोका पूर्व अध्यक्ष ध्रुवप्रसाद शर्मापंगेनी,नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला लगायतले संचार जगतमा रेडियोको छुट्टै महत्व र पहिचान तथा आधिकारिकता रहेको बताउनुभएको थियो । 

कार्यक्रममा आँधीखाेला संचार सहकारीका अध्यक्ष शान्ता थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै रेडियोलाई २०औँ वर्षसम्म ल्याउन सहयोग गर्नुहुँने तत्कालित कार्यसमितिहरु, विज्ञापनदाता, कर्मचारी, सेयर सदस्य तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दै प्राकृतिक विपत्तिले रेडियोलाई ठुलो क्षति पु¥याएको जानकारी गराउनुभएकाे थियाे।

रेडियोलाई आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढाउन प्रविधिमैत्रि बनाउने, रेडियोको आर्थिक विकासका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारसंग सहकार्य गर्ने, रेडियोमा प्रसारित कार्यक्रमहरुको गुणस्तरीयतामा वृद्धि गर्दै स्रोतामैत्रि कार्यक्रम संचालन गरिने बताउनुभयो । 

कार्यक्रममा सचिव हिमलाल पराजुली, कोषाध्यक्ष विमल अर्याल, लेखा तथा सुपरिवेक्षण समिति संयोजक तोयनारायण रेग्मी र प्रबन्धक तोलाकान्त बगालेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ठ विज्ञापन दाता डब्लू आईसि कम्प्युटर तथा तारादेवि ब्लक उद्योग र मल्ला फार्मेसी वालिङ, नियमित स्रोता वालिङ ८ का कृष्णप्रसाद कोईराला, स्थापनाकालदेखि हालसम्म कार्यरत कर्मचारीको रुपमा स्टेशन म्यानेजर तोलाकान्त बगालेलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो भने संस्थाबाट स्वेच्छिक अवकाश लिनुभएका ६ जना कर्मचारीहरुलाई पनि प्रसंसा पत्र सहित विदाई गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष शान्ता थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य अमृतप्रसाद खनाल र संचालन सचिव हिमलाल पराजुलीले गर्नुभएको थियो । २०६३ सालमा स्थापना भएको संचार सहकारीमा अहिले ४८० जना सेयर सदस्यहरु रहेका छन् । संस्थाद्धारा सञ्चालित रेडियो अहिले दैनिक १८ घण्टा प्रसारणमा रहेको छ भने रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १७ जिल्लामा १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा सुन्न सकिन्छ भने वेब साईट र हाम्रो पात्रो एम मार्फत अनलाईनमा विश्वभर सुन्न सकिन्छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal