वालिङमा तमू ल्होसारको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु
वालिङ, ११ पुस–स्याङ्जाको वालिङमा पुस पन्ध्र एवम् तमू ल्होसारको अवसरमा भलिवल प्रतियोगिता सुरु भएको छ ।
तमु ह्युँला छोँज धि युवा परिवार वालिङ १ रामबाच्छाले तमुहरुको महान पर्व ल्होसारको अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनुभयो । तमु समुदायको पवित्र पर्व ल्होसारको अवसरमा आयोजना गरिएका प्रतियोगिता सफलताको कामना गर्दै नगरप्रमुख खाँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । नागरिकले जिताएर पठाउनुभएका जनप्रतिनिधिहरुले अपेक्षाकृत प्रगति गर्न नसकेपनि सीमित स्रोत र साधनका बाबजुद वालिङलाई समृद्ध बनाउने प्रयास गरिएको प्रमुख खांँणले व्यक्त गर्नुभयो । खेल र खेलाडीको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको र नयाँ पुस्ताले भाषण, शासन र आसन मन नपाराईरहेको अवस्थामा नागरिक मैत्रि काममा नगरपालिका अगाडि बढेको प्रमुख खांणको भनाई थियो ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ६ टिमले सहभागिता जनाएका छन् । पुरुषतर्फ प्रथमले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार, सान्त्वना हुनेले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाईसमेत नगद ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिने छन् । आजदेखि सुरु भएको प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुने र प्रतियोगिताकोसाथमा विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















