दोस्रो राष्ट्रपति रनिङ  शिल्डको उपाधि नेपाल आदर्शलाई

वालिङ,१२ पुस- वालिङमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माविले हात पारेको छ । शनिबार वालिङ खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै ९ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित पूर्णामृत भवानी मावि  द्वितीय, ३ स्वर्ण, ५ रजत सहित लक्ष्मी मावि तृतीय र २ स्वर्ण, २ रजत र ४ कास्य सहित माझकोट मावि सान्त्वना भएको छ । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले रु.३० हजार, २० हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियाेधगितामा पायोनियर माविले १ स्वर्ण, ३ रजत र ४ कास्य हात परेको छ भने सरस्वती माविले २ स्वर्ण १ कास्य, साईभिलेज एकेडेमीले १ स्वार्ण र २ कास्य, वालिङ बहुमुखी क्याम्पसले १ स्वर्ण, २ रजत र २ कास्य, पिसजोन, सगरमाथा मावि र टापु भञ्याङ माविले १÷१ रजत पदक प्राप्त गरेका छन् । त्यस्तै उपल्लो पेखु माविले १ रजत र १ कास्य, रणवीर माविले १ रजत र २ कास्य, महेन्द्र माविले १ कास्य, भुपू सैनिक मावि वालिङले २ रजत, ५ कास्य, बालसिद्ध माविले २ कास्य, भुपू सैनिक मावि बायटारीले १ रजत पदक प्राप्त गरेका छन् । २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा छात्रा तथा छात्र भलिबल, छात्र तथा छात्रा कबड्डी, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर छात्रछात्रा दौड, ४०० र १६०० रिले दौड प्रतियोगिता, लङ जम्प, हाई जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रोलगायतका खेलहरु खेलाईएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal