स्याङ्जामा क्रियाशील पत्रकारहरुबीच अन्तरक्रिया
गोपाल जिटी
वालिङ,२५ असोज–स्याङ्जाको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्भावना एवम चुनौति विषयमा अन्तरक्रिया गरिएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुकाबीच पत्रकारिता क्षेत्रको विकास तथा थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम भीरकोटमा गरिएको हो । विगतको अभ्यास र वर्तमान अवस्थाको चर्चासँगै पत्रकारिताको भविष्यका सन्दर्भमा सहभागीहरुले आ—आफ्ना धारणा राखेका थिए । यसैबीच सहभागीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अभिभावकीय भूमिका बढाउनुपर्ने र जिल्लाको पत्रकारिताको विकाससँगै नयाँहरुका लागि तालिमसहितका अभिमुखीकरण कार्यक्रमलाई जोड दिनुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइरालाले अहिलेको प्रविधिको विकाससँगै मिडिया हाउस र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै पत्रकारिता क्षेत्रका चुनौतिहरुको सामना गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउदै लैजान आ—आफ्नो ठाउँबाट सबै लाग्नुपर्ने र त्यसका लागि महासंघ सधैं साथमा रहने अध्यक्ष कोइरालाले व्यक्त गर्नुभयो ।
कार्यक्रम शुभारम्भमा भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले आँफूहरु सधै पत्रकारहरुको साथ र सहयोगमा रहेको बताउनुभयो । आँफूहरुबाट गरिएका असल अभ्यासलाई सञ्चार माध्यमबाट उजागर गर्दै नागरिकहरुबीच पु¥याउन भूमिका निभाउन उहाँले आग्रह गर्नुभयो । यसैगरी कमि कमजोरीहरु औंल्याइदिएर सहयोग गर्न पनि नगरप्रमुख कर्माचार्यले अनुरोध गर्नुभयो ।
अनलाइन मिडिया द्वय खबर कलम डट कम र स्मार्ट अखबार तथा अकला आवाज साप्ताहिकको संयुक्त आयोजनामा भीरकोट नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















