आँधीखाेलामा अवैध बालुवा उत्खनन् गर्नेलाई जरिवाना

अवैध बालुवा ओसारपसारमा प्रयाेग भएकाे ट्याक्टर तस्विर: जिल्ला प्रहरी कार्यालय स्याङ्जा

वालिङ,२५ असाेज- प्रहरीले भीरकाेट नगरपालिका वडा नम्बर ४ छाङ्छाङ्दी स्थितआँधीखोला किनारमा यहि २४ गते  नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ग १ त ६६०५ नम्बरको  ट्याक्टर नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएकाे छ।

दहथुम प्रहरी चौकी बयरघारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे ट्याक्टर भीरकोट नगरपालिका वडा नम्बर ४ का तेज नारायण श्रेष्ठकाे रहेकाे खुलेकाे हाे।

बालुवा ओसारपसार भइरहेको अवस्थामा ट्याक्टर पक्राउ परेपछि प्रहरीले पटके कायम गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

श्रेष्ठकाे स्वामित्वमा रहेकाे ग १ त ४९४१ नम्बरकाे ट्याक्टरलाई यश अघि भदाै १० गते वालिङ नगरपालिका १ नम्बर वडा ओडारे स्थित आँधीखाेला किनारबाट अवैधरुपमा बालुवा उत्खनन् एवं ओसारपसारमा प्रयाेग भएकाे भन्दै प्रहरीले नियन्त्रणमा लिएर ८ हजार जरिवाना तिराउनुका साथै

सोही समयमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीरकोट नगर प्रमुख, पत्रकार र स्थानीयहरूको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा पनि ठुलो मात्रामा बालुवा सङ्कलन गरिएको फेला परेको थियो ।

अनुगमन टोलीले भीरकोट–४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर र वालिङ ११ मा १४०९.८५ घनमिटर बालुवा फेला पारेको र सो बालुवा पनि श्रेष्ठकै स्वामित्वमा रहेको प्रमाणित भएपछि ९० हजार ६६६ राजस्व र ९ हजार ६६ रुपियाँ जरिवाना तिराईएकाे प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभो ।

पटक पटक जरिवाना गराउदा समेत आँधीखाेलामा अवैधरुपमा बालुवा उत्खनन् एवं ओसारपसार कार्य नराेकिएपछि प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख सहितकाे बैठक बसेर अवैरुपमा आँधीखाेला उत्खनन् कार्य गर्नेकार्यलाई राेक्न कडाइका साथ लाग्ने तयारीमा रहेकाे जिल्ला समन्वय समितिका उपप्रमुख खड्क राज सुवेदीले जानकारी दिनुभयाे।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal