स्याङ्जामा क्रियाशील पत्रकारहरुबीच अन्तरक्रियासहित घोषणपत्र जारी

गोपाल जिटी
वालिङ,२६ असोज–स्याङ्जाका क्रियाशील पत्रकारहरुद्वारा अन्तरक्रिया गरिएको छ । पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्भावना एवम चुनौति विषयमा अन्तरक्रिया गरिएको थियो । जिल्लामा क्रियाशील पत्रकारहरुकाबीच पत्रकारिता क्षेत्रको विकास तथा थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम शनिबार भीरकोटमा गरिएको हो । स्याङ्जाको विकास, समृद्धि र जनताको आवाजको बलियो प्रतिनिधित्व सञ्चार क्षेत्रले गराउने र बदलिँदो परिस्थितिमा मिडियाको भूमिका जिम्मेवार, निष्पक्ष र जवाफदेही बनाउन हातेमालो गर्ने विषयमासमेत छलफल भएको थियो ।
अन्तरक्रियाको साथमा पत्रकारहरु बीचको छलफल एवम् विमर्शले ९ बुदे घोषणापत्र जारी गरेको छ ।
यस्तो छ भीरकोट घोषणापत्र २०८२ !
१) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबीच मैत्रीपूर्ण सहकार्य एवम् सम्बन्ध स्थापित गर्न जोड दिने ।
२) स्याङ्जाको पत्रकारीताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढ्ने ।
३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति एकताबद्ध र दृढ रहने वातावरण गराउने ।
४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने ।
५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने ।
६) स्याङ्जाको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनको लागि सञ्चार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबीच हातेमालो गर्ने !
७) जिल्लास्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना, लोककल्याणकारी विज्ञापन एवम् विभिन्न सूचनाहरू स्याङ्जामा सञ्चालित सञ्चारगृहहरूमा उच्च प्राथमिकताकासाथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने ।
८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजीविहरुलाई भावनात्मक ढङ्गले एकजुट गराउने ।
९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने ।

बोधार्थ ः
नेपाल पत्रकार महासंघ, स्याङ्जा
जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश
स्याङ्जाको सबै स्थानीय तहहरु
अनलाइन मिडिया द्वय खबर कलम डट कम र स्मार्ट अखबार तथा अकला आवाज साप्ताहिकको संयुक्त आयोजनामा भीरकोट नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal