वालिङ ६ मा जेष्ठ नागरिक भेटघाट कार्यक्रम
वालिङ,२४ चैत- वालिङ नगरपालिका ६ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकहरु संग भेटघाट गरेकाे छ।
वडा कार्यालयकाे सिंगाे टिम जनप्रतिनिधि र कर्मचारि सहित वडा भित्र रहेका जेष्ठ नागरिककाे अवस्था बुझनकाे लागि घर-घरमा पुगेकाे हाे।

जेष्ठ नागरिकहरुकाे स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिन जेष्ठ नागरिकहरुकाे घर-घरमा पुगेर भेटघाट गरिएकाे वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठले बताउनुभयाे। अध्यक्ष श्रेष्ठले भन्नुभयाे, “जेष्ठ नागरिककाे अवस्थाका बारेमा बुझेपछि उहाँहरुकाे लागि वडाले गर्न सक्ने कार्यकाे याेजना बनाउन सहज हुन्छ, त्यसैले याे अभियान चलाएका हाे।” जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुका साथै उहाँहरुका समस्याका बारेमा सबैले चासाे राख्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

आफ्नै घरमा वडा अध्यक्ष सहितकाे टाेली भेटघाटका लागि आएपछि १०० वर्षमा प्रवेश गर्नुभएकी मनकुमारी राना हर्षित हुनुभएकाे थियाे। जेष्ठ नागरिक भेटघाट कार्यक्रममा वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठ सहित वडा सदस्य हरु तिल कुमारी थापा ( नम्रता) , चिनिमाया एस के,धन बहादुर गुरुङ ( धिरज) , नन्दु राज अर्याल वडा सचिव रमा खनाल लगायतकाे सहभागीता थियो।
वडा भित्र ८० वर्ष पूरा भएक ५३ जना जेष्ठ नागरिक रहेको वडा कार्यालयले जनाएकाे छ।



ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















