चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

वालिङ,१ असाेज- स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीस्थित ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका–८ का अन्दाजी ८२ वर्षीय यमबहादुर महत क्षेत्री हुनुहुन्छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज साँझ करिब ५ बजे छोरीको घरतर्फ जाने क्रममा आफ्नै घरदेखि करिब ८०० मिटर पश्चिमतर्फ रहेको नहरमा अचानक चिप्लिएर खस्दा वृद्ध नहरमा डुब्नुभएकाे थियाे। 

घटना बारे खबर पाए संगै इलाका प्रहरी कार्यालय चापाकोट र प्रहरी चौकी रत्नपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal