नगरबासीलाई आत्मनिर्भर बनाउने अभियानमा छौ, उपप्रमुख तिवारी


वालिङ,२४ जेठ- वालिङ नगरपालिकाले कृषि र पशुपालनका माध्यामबाट नगरबासीहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको नगरउपप्रमुख कविता तिवारीले बताउनुभएको छ ।
नगरबासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिनु सुरु गरेको छ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत वडा नं.२ मा तीन दिने तालिम सुरु गरिएको हो ।
तलिमको शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले साना किसानलाई उत्पादनमा जोड्न पालिकाले विभिन्न काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि भएमा मात्रै कृषकले आर्थिक लाभ लिन सक्छ ।”
कृषकले उत्पादन गरेको सामाग्रीको बजारको जिम्मा नगरपालिकाले लिने बताउदै बजारको चिन्ता नगर्न कृषकलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले अर्गानिक कृषि खेती तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । उत्पादन धेरै गर्ने र लगानी कम गर्ने तरिका अपनाउनु पर्ने उहाँको भनाई छ । वडाले कृषकलाई ध्यानमा राखेर काम गरिरहेको अध्यक्ष लम्सालको भनाइ छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा तीन दिने आधारशिला तालिम सुरु गरेको हो ।
वालिङ नगरपालिका २ को हरियाली स्वावलम्वन महिला कृषक समूहका ३५ जना महिला सदस्यहरु तलिममा सहभागीता रहेको छ ।
तालिममा वालिङ कृषि विकास परियोजनाका कर्मचारीहरु सुस्मिता पौडेल र माया कुँवरले सहजीकरण गर्नुहुनेछ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal