वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि अन्तरक्रिया

वालिङ,१० माघ- वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनाम  यहि माघ १८ गते देखि २८ सम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आठाैं वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि वालिङ नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ। 

महाेत्सवमा शैक्षिक क्षेत्र संग सम्बन्धित विषय वस्तुहरुकाे प्रदर्शनीकाे लागि शिक्षा उपसमितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे। 

अन्तरक्रिया कार्यक्रममा वालिङ उद्याेग वाणिज्य संघका महासचिव रमेश अर्यालले यश क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुबाट उत्कृष्ठ खालका संस्कृती र आधुनिकता झल्काउने प्रकारका विषयवस्तुहरुकाे अवलाेकन गर्ने अवसर मिल्ने विश्वास ब्याक्त गर्नुभयाे। विद्यालय अध्ययन अध्यापन गर्ने क्षेत्र मात्रै नभएर एउटा नयाँ नयाँ विषयवस्तुहरुकाे सृजना गर्ने थलाे भएकाेले समेत भएकाेले साेहि अनुसारकाे अपेक्षा वालिङ उद्याेग वाणिज्य संघकाे रहेकाे बताउनुभयाे। अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरुले आ-आफ्नाे विद्यालयबाट महाेत्सवमा प्रदर्शनीकाे लागि विषय वस्तुकाे छनाेट गरेर साे कार्यमा लाग्ने बताउनुभएकाे थियाे। 

वालिङ उद्याेग वाणिज्य संघका सचिव एवं महाेत्सवकाे प्रचारप्रसार समितिका संयाेजक पिताम्बर खनाल (सुसिलले) शैक्षिक प्रदर्शनीकाे लागि छुट्टै स्टलकाे ब्यवस्था गर्नुका साथै उत्कृष्ठ प्रदर्शनी गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने जानकारी दिनुभयाे।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal