वालिङ ६ मा जेष्ठ नागरिक भेटघाट कार्यक्रम

वालिङ,२४ चैत- वालिङ नगरपालिका ६ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकहरु संग भेटघाट गरेकाे छ।

वडा कार्यालयकाे सिंगाे टिम जनप्रतिनिधि र कर्मचारि सहित वडा भित्र रहेका जेष्ठ नागरिककाे अवस्था बुझनकाे लागि घर-घरमा पुगेकाे हाे।

जेष्ठ नागरिकहरुकाे स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिन जेष्ठ नागरिकहरुकाे घर-घरमा पुगेर भेटघाट गरिएकाे वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठले बताउनुभयाे। अध्यक्ष श्रेष्ठले भन्नुभयाे, “जेष्ठ नागरिककाे अवस्थाका बारेमा बुझेपछि उहाँहरुकाे लागि वडाले गर्न सक्ने कार्यकाे याेजना बनाउन सहज हुन्छ, त्यसैले याे अभियान चलाएका हाे।” जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुका साथै उहाँहरुका समस्याका बारेमा सबैले चासाे राख्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

आफ्नै घरमा वडा अध्यक्ष सहितकाे टाेली भेटघाटका लागि आएपछि १०० वर्षमा प्रवेश गर्नुभएकी मनकुमारी राना हर्षित हुनुभएकाे थियाे। जेष्ठ नागरिक भेटघाट कार्यक्रममा वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठ सहित वडा सदस्य हरु तिल कुमारी थापा ( नम्रता) ,  चिनिमाया एस के,धन बहादुर गुरुङ ( धिरज) , नन्दु राज अर्याल वडा सचिव रमा खनाल लगायतकाे  सहभागीता थियो। 

वडा भित्र ८० वर्ष पूरा भएक ५३ जना जेष्ठ  नागरिक रहेको वडा कार्यालयले जनाएकाे छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal