बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
वालिङ,२४ चैत- वालिङ नगरपालिका वडा नम्बर ९ र १३ मा रहेकाे रहेकाे भट्टे चाैरमा परम्परा संरक्षणकाे लागि आयाेजना गरिएकाे एकदने बाह्रविशे मेला (बाह्रविशे बजार) सम्पन्न भएकाे छ।
मेलामा दर्शककाे उत्साहाजनक सहभागिता रहयाे।

मेलाकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले मेलाले परम्पराकाे संरक्षण गर्नुका साथै स्थानीय उत्पादनलाई समेत प्राेत्साहान गर्ने बतनउनु भयाे।

नगरप्रमुख खाँणले परम्परा संरक्षणकाे लागि नगरपालिकाले सहयाेग गर्ने समेत बताउनुभयाे।
कार्यक्रममा नेकपा एमाले वालिङ नगरकमिटी अध्यक्ष शाेभाकान्त पाैडेल, नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे लगायतले बाेल्नुभएकाे थियाे।

कार्यक्रममा राष्ट्रिय कलाकार श्याम राना कलाकारहरु नेत्र खड्का, सुनिता नेपाली,राजेश भण्डारी लगायतकाे प्रस्तुतिले दर्शकहरुलाई उत्साहित बनाएकाे थियाे।
मेलामा बाँकाे टुप्पाेमा पुगेर त्यहा राखिएकाे कुखुराकाे भाले छुन सक्नेलाई भाले पुरस्कारकाे ब्यवस्था गरिएकाे यद्यपि त्यहा टाेकरीमा राखिएकाे भाले टाेकरीबाट फुत्किएर प्रतियाेगिता सुरुहुनु पूर्व नै झरेपछि टाेकरी छुनेलाई पुरस्कार दिने ब्यवस्था मिलाइएकाे थियाे।

भाले पुरस्कार लिन धेरै युवाहरुले काेशिस गरे पनि बाँसकाे लिङ्गाकाे बिचभाग भन्दा माथि जान नसकेर भूइमा झरिरहेकाे अवस्थामा जाजरकाटका बहादुर राना भने जाेखिम माेलेर बाँसकाे टुप्पाेमा पुगेर कुखुराकाे भाले सहित नगद पुरस्कार जित्न सफल भएकाछन्।

मेला भब्य रुपमा सम्पन्न भएकाे र साेचे भन्दा धेरै दर्शकहरुकाे सहभागिता रहेकाे बाह्रविशे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गाैतमले बताउनुभयाे।


ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















