बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
वालिङ,२४ चैत- वालिङ नगरपालिका वडा नम्बर ९ र १३ मा रहेकाे रहेकाे भट्टे चाैरमा परम्परा संरक्षणकाे लागि आयाेजना गरिएकाे एकदने बाह्रविशे मेला (बाह्रविशे बजार) सम्पन्न भएकाे छ।
मेलामा दर्शककाे उत्साहाजनक सहभागिता रहयाे।

मेलाकाे उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले मेलाले परम्पराकाे संरक्षण गर्नुका साथै स्थानीय उत्पादनलाई समेत प्राेत्साहान गर्ने बतनउनु भयाे।

नगरप्रमुख खाँणले परम्परा संरक्षणकाे लागि नगरपालिकाले सहयाेग गर्ने समेत बताउनुभयाे।
कार्यक्रममा नेकपा एमाले वालिङ नगरकमिटी अध्यक्ष शाेभाकान्त पाैडेल, नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे लगायतले बाेल्नुभएकाे थियाे।

कार्यक्रममा राष्ट्रिय कलाकार श्याम राना कलाकारहरु नेत्र खड्का, सुनिता नेपाली,राजेश भण्डारी लगायतकाे प्रस्तुतिले दर्शकहरुलाई उत्साहित बनाएकाे थियाे।
मेलामा बाँकाे टुप्पाेमा पुगेर त्यहा राखिएकाे कुखुराकाे भाले छुन सक्नेलाई भाले पुरस्कारकाे ब्यवस्था गरिएकाे यद्यपि त्यहा टाेकरीमा राखिएकाे भाले टाेकरीबाट फुत्किएर प्रतियाेगिता सुरुहुनु पूर्व नै झरेपछि टाेकरी छुनेलाई पुरस्कार दिने ब्यवस्था मिलाइएकाे थियाे।

भाले पुरस्कार लिन धेरै युवाहरुले काेशिस गरे पनि बाँसकाे लिङ्गाकाे बिचभाग भन्दा माथि जान नसकेर भूइमा झरिरहेकाे अवस्थामा जाजरकाटका बहादुर राना भने जाेखिम माेलेर बाँसकाे टुप्पाेमा पुगेर कुखुराकाे भाले सहित नगद पुरस्कार जित्न सफल भएकाछन्।

मेला भब्य रुपमा सम्पन्न भएकाे र साेचे भन्दा धेरै दर्शकहरुकाे सहभागिता रहेकाे बाह्रविशे बजार संरक्षण समितिका अध्यक्ष अर्जुन गाैतमले बताउनुभयाे।


ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















