आज बाह्रविशे मेला, तयारी पुरा

फाईल तस्विर:
हिमलाल पराजुली
वालिङ,२४ चैत- आज लाग्ने बाह्रविशे मेलाकाे (बाह्रविशे बजार) तयारी पूरा भएकाे छ। परम्परा र संस्कृति अमुल्य निधि भएकाे बताउदै यहाँका युवाहरु परम्परा संरक्षणमा एक जुट भएर लागेका हुन्। वालिङ नगरपालिका वडा नम्बर ९ र १३ मा रहेकाे रहेकाे भट्टे चाैरमा धेरै पहिले देखि मेला (बाह्रविशे बजार) लाग्दै आएकाेमा काेभिड- १९ का कारण राेकिएकाे बजार गत वर्ष देखि पुन सुरु गरिएकाे हाे।
चैते दशैकाे रामनवमीकाे दिन आज लाग्ने मेलाकाे वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ। मेलालाई यश वर्ष विशेष बनाउने तयारी भइरहेकाे छ। मेलामा व्यापार गर्नेहरुले आफुले बुकिङ गरेकाे स्टलमा सामान राखेर तयारी अवस्थामा रहेका छन्। मञ्चकाे ब्यवस्थापन देखि सम्पूर्ण तयारी पूरा भएकाे बाह्रविशे बजार संरक्षण समितिका अध्यक्ष एवं मेलाका संयाेजक अर्जुन गाैतमले बताउनुभयाे। आधुनिक्ताकाे नाममा परम्परा हराउदै जाने क्रम बढिरहेकाे बेला वालिङमा भने युवाहरु परम्परा जाेगाउन लागि परेकाछन्।मेला सञ्चालनकाे लागि वडा नम्बर ९ र १३ नम्बर वडा कार्यालयका साथै वालिङका समाजसेवी, व्यापारी एवं स्थानीय बासिन्दाले सहयाेग गरेकाे संयाेजक गाैतमले जानकारी दिनुभयाे। परम्परा हराए पहिचान नै गुम्ने भएकाले यसकाे संरक्षणमा जुटेकाे गाैतमकाे भनाई रहेकाे छ। मेलाकाे लागि ३० ओटा स्टल निर्माण गरिएकाे छ। मेलामा व्यापार गर्न आउने ब्यापारिलाई निशुल्क रुपमा स्टल उपल्बध गराइएकाे छ भने मेलामा माटाेबाट बनेका भाडाकुडाका साथै स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु तथा खाजा नास्ताकाे लागि हाेटल एवं उखु लगायत जुसका ब्यापारिहरुले स्टल बुकिङ गरे अनुसार सामान राखेर त्यारी अवस्थामा रहेकाे मेला आयाेजक समितिले जनाएकाे छ। मेलामा हेल्थ डेक्स समेत राखिएकाेछ। मेलामा आउँनेहरुलाई स्वास्थ्य सम्बन्धि समस्या भएमा प्राथमिक उपचारकाे ब्यवस्था मिलाईएकाे आयाेजकले जनाएकाे छ। मेलामा राष्ट्रिय एवं स्थानीय कलाकारकाे प्रस्तुति समेत रहने छ।


ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार