वरिष्ठ पत्रकार भैरव रिसालको निधन
काठमाडाैँ,२५ चैत- वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आइतबर साँझ भएको हो ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गर्नुभएकाले उहाँको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताउनुभयो । वि.सं. १९८५ साउन २८ गते जन्मनुभएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी हुनुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















