गल्याङ चेम्बरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन रानाभाट
गल्याङ,२९ साउन- गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङलाई विकासको गति दिन स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले स्याङ्जाको पिछडिएको क्षेत्रको रुपमा गल्याङ नगरपालिका रहेको भन्दै यसलाई उकास्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले गल्याङलाई जोड्ने मुख्य शाखा बाटोहरु आफ्नो कार्यकालसम्मा कालोपत्रे हुने बताउनुभयो । पुराना कामहरुलाई निरन्तरता दिदै विकासका लागि सबै एकाकार हुनुपर्ने भन्दै नगरप्रमुख भट्टराईले कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान नगरप्रमुख भुपराज अधिकारीले सानो कामबाट विकासको काम थाल्नुपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा भएको कामको स्मरण गर्दै उहाँले कृषि उत्पादनलाई नै जोड दिन चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । अधिकारीले गल्याङ क्षेत्रको हितका लागि उद्योग वाणिज्य संघ र चेम्बर मिलेर काम गर्न सुझाब दिनुभयो ।
यसै बिच, गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशनले बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत गठन गरेको छ ।
संस्थाको बरिष्ठ उपाध्यक्षमा रुमलाल कँडेल, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ तथा उपाध्यक्षमा दलबहादुर सिंजाली चयन हुनु भएको छ । महासचिवमा हिमलाल भण्डारी, सचिवमा सुमित्रा खड्का, सहसचिवमा रमेशकुमार अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी राना र सहकोषाध्यक्षमा सुनिल विक चयन हुनुभएको छ ।
सदस्यहरुमा दुर्गाप्रसाद कर्माचार्य, दिपकप्रसाद अधिकारी, कमल रानाभाट, पुरुषोत्तम बस्याल, शम्भुनारायण अधिकारी, लालकुमारी गुरुङ, रजिन खान, शंकर श्रेष्ठ, गोपाल अधिकारी, जमुना थापा, सविता राना र शिब भट्टराई चयन हुनुभएको छ ।
ताजा
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
२०८२ फाल्गुन १८ गते, सोमबार
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
२०८२ फाल्गुन १८ गते, सोमबार
कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने
२०८२ फाल्गुन १८ गते, सोमबार
कोरला नाका तीन दिन बन्द हुने
२०८२ फाल्गुन १८ गते, सोमबार
अन्तर्राष्ट्रिय उडान अनिश्चित
२०८२ फाल्गुन १८ गते, सोमबार
वालिङमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
२०८२ फाल्गुन १४ गते, बिहीबार
स्याङ्जामा स्थापीत दलहरुलाई टक्कर दिदै रास्वपा
२०८२ फाल्गुन १३ गते, बुधबार
ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
२०८२ फाल्गुन १३ गते, बुधबार
देश बनाउनेका पक्षमा मतदान गर्न एमाले उपाध्यक्ष थापाकाे आवहान
२०८२ फाल्गुन १३ गते, बुधबार
पुराना दलले रास्वपा विरुद्ध भरम फैलाए, सहप्रवक्ता प्रसाई
२०८२ फाल्गुन १० गते, आईतवार





















