स्याङ्जामा स्थापीत दलहरुलाई टक्कर दिदै रास्वपा

वालिङ,१३ फागुन– निर्वाचनको मिति नजिकिए संगै स्याङ्जामा चुनावी माहोल तात्तिएको छ । दलहरु निर्वाचको नतिजालाई आ–आफ्‌नो पक्षमा पार्न प्रचार–प्रसार अभियानलाई आक्रामक बनाउदै लगेका छन् । घरदैलो अभियान मतदाता भेटघाट एवं चुनावी भेलाका साथै खुला सभा गरेर मतदाता आर्कषित गर्न आफ्‌नो योजना एवं कार्यक्रमहरुलाई जनतामाझ पुर्याइरहेका छन् ।
यस अघिका निर्वाचनमा भन्दा यस पटक दलहरुले चुनावी प्रचार अभियानलाई पृथ्क शैलीमा अगाडी बढाएका छन् उनीहरुले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गरेका छन् । फेसबुक, टिकटक लगायतका प्लेटफम मार्फत आफ्‌ना धारणा सार्वजनीक गर्नुका साथै मतदाताहरु संगको भेटघाटका गतिविधिहरुलाई आम जनता माझ लगेको देखिन्छ । पहिला जस्तो प्रचापम्पेलेट, तुल ब्यानर भन्दा पनि डिजिटल माध्यामबाट उम्मेदवार एवं राजनीतिक दलहरुले आफ्‌नो प्रचार–प्रसार गरिरहेका छन् ।
सामाजिक सञ्जाल एवं डिजिटल प्लेटफम प्रयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी देखिएको छ । यो दलले आफ्‌ना उम्मेदवारका प्रचार सामग्रीहरुलाई आक्रामक रुपमा प्रस्तुत गरेर धेरै प्रयोग क्रर्ताहरु माँझ पुर्याएको देखिन्छ । रास्वपाको राष्ट्रिय स्तरमा बढेको क्रेजले नयाँ पुस्तालाई आर्कषित गर्दा सामाजिक सञ्जालमा उस्को प्रचार बडी देखिन्छ ।
रास्वपाले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट झविलाल डुम्रेलाई चुनावी मैदानमा उतारेको छ ।
रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ भने डुम्रे युवा ब्यावसायीका साथै जिल्लामा रास्वपाको संगठन विस्तार कार्यमा खट्टिएर लाग्नुभएको थियो । रास्वपाले सुशासन र नीति निर्माणलाई आफ्‌नो मुख्य चुनावी नाराका रुपमा अगाडी सारेको छ ।
जिल्लामा नतिजा कस्को पक्षमा जान्छ भनेर सहजै अनुमान गर्न सक्ने अवस्था छैन । हाल सम्मको अवस्थालाई नियाल्दा नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपा बिच तृपक्षीय प्रतिस्पर्धा देखिएको छ । कांग्रेस, एमाले पुरानो आफ्‌नो शाख जोगाउने कसरतमा छन् भने रास्वपा देशैभरी आएको लहरले स्याङ्जामा आफ्‌नो पक्षमा नतिजा आउँने विष्लेषणमा छ ।
केही मतदाताहरु भने यस अघिको निर्वाचनमा जस्तो खुलेर आफ्‌नो धारणा प्रस्तुत गरेका छैनन् मौन बसेका छन् ।
नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व बैंकर्ष भरत राज ढकाललाई उठाएको छ भने नेकपा एमालेले पूर्व र्बैकर्ष एवं निवर्तमान गण्डकी प्रदेश सभासदस्य मिनप्रसाद गुरुङलाई चुनावी मैदानमा तारेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले दुई कार्यकाल कालीगण्डकी गाउँपालिकाको अध्यक्षको भूमिकामा रहेर पालिकालाई उत्कृष्ठ बनाउन सफल खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले गण्डकी प्रदेश निर्वतमान प्रदेश सभासदस्य भागवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको छ ।

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal